site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
हन्ता भाइरस मानिसबाट सर्दैन
Sarbottam CementSarbottam Cement

संसारलाई कोरोना भाइरसले त्रस्त बनाइरहेका बखत हन्ता भाइरस नामको अर्को चिन्ता थपिन पुगेको छ । चीनमा हन्ता भाइरसका कारण २३ तारिख एक जनाको मृत्यु भएपछि यो खबर फैलिन पुगेको हो । 

ग्लोबल टाइम्सका अनुसार हन्ता भाइरस सङ्क्रमित व्यक्ति बसमा सवार थिए, सो बसमा रहेका ३२ जनाको जाँच गरिएको थियो । तर मुख्य कुरा, हन्ता कसरी फैलन्छ भन्ने बुझ्नु जरी छ । प्रमुख कुरो हन्ता भाइरस मानिसबाट मानिसमा सर्दैन । एक रिपोर्टअनुसार यो मुसाबाट फैलन्छ । कुनै मानिसले मुसाको मलमूत्र या त्यसबाट उत्पन्न वस्तु हातले छोएपछि सर्ने सम्भावना रहन्छ । तर यो एक व्यक्तिमा लागेपछि अर्कोमा सर्दैन । हन्ता परीक्षण गर्न एकदेखि आठ सातासम्म लाग्न सक्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हन्ता सङ्क्रमित व्यक्तिलाई ज्वरो, जिउ दुख्ने, खोकी, घाँटी दुख्ने, बान्ता हुने हुन सक्छ । हन्ता सङ्क्रमितको अवस्था बिग्रँदै जाँदा फोक्सोमा पानी भरिने र स्वास लिन गाह्रो हुन्छ । जनवरी २०१९ मा हन्ता सङ्क्रमित नौ जनाको पेटागोनियामा मृत्यु भएको थियो । त्यसपछि उक्त क्षेत्रमा पर्यटक आवागमन रोकिएको थियो । 

त्यस बखत हन्ता भाइरस सङ्क्रमित भनिएका ६० जनामध्ये ५० लाई क्वारेन्टाइनमा राखिएको थियो । एक अध्ययनका अनुसार हन्ता भाइरसको मृत्युदर ३८ प्रतिशत रहेको र यसको उपचारका निम्ति हालसम्म कुनै ‘स्पेसिफिक ट्रिटमेन्ट‘ पत्ता लागेको छैन । (बीबीसी)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC