रोनाल्डिन्होलाई भेट्न प्रतिबन्ध

रोनाल्डिन्होलाई भेट्न प्रतिबन्ध

एजेन्सी । नक्कली पासपोर्ट प्रकरणमा पक्राउ परेका पूर्व ब्राजिलियन फुटबलर रोनाल्डिन्होलाई भेटघाटमा प्रतिबन्ध लगाइएको छ । 

उनीसँगै उनका भाइ रोवर्टो एसिसलाई पनि भेटघाटका लागि प्रतिबन्ध लगाइएको पाराग्वे कारागार प्रशासनले जनाएको छ ।

पाराग्वे कारागारका एक अधिकारीकाअनुसार विश्वभर फैलिएको कोरोना भाइरसलाई ध्यानमा राख्दै यस्तो कदम चालेको बताएका छन् । कैदीको स्वास्थ्यलाई खतरा पुग्न सक्ने भएकाले यो कदम चाल्नु परेको उनको भनाइ छ । यदि सकैले भेट्नै पर्ने अवस्था आए हातमा पञ्जा र मास्क लगाएर कडा सुरक्षाका साथ भेट्न दिइने अधिकारीले बताएका छन् ।

रोनाल्डिन्हो एक बालबालिका क्याम्पियनमा सहभागी हुन चार मार्चमा पाराग्वे पुगेका थिए । यसै दौरान उनी आफ्नो जीवनीमा आधारित किताबको प्रचार–प्रसार गर्ने योजनामा थिए । तर, उनीसँगै उनका भाइ रोबर्टो नक्कली पासपोर्ट प्रकरणमा मार्च ६ मा पाराग्वेको एक होटेलबाट पक्राउ परेका थिए ।
 

प्रतिकृया दिनुहोस
ad