site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘आमा’ शुक्रबारबाट डिशहोममा 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ डिशहोममा हेर्न पाइने भएको छ । यही शुक्रबारबाट चलचित्र ‘आमा’ डिशहोममा हेर्न पाइने भएको हो । 

दिनको चार सो डिशहोमका प्रयोगकर्ताले सिनेमा घर च्यानल ८८८ मा हेर्ने व्यवस्था मिलाउन लागिएको निर्देशक दीपेन्द्र के खनालले जानकारी दिए । 

Agni Group

“हलमा गएर हेर्न नपाएका दर्शकबाट डिशहोममा चलचित्र हेर्ने व्यवस्था मिलाइदिनुपर्यो भन्ने आग्रह आयो,” निर्देशक दीपेन्द्र बाह्रखरीसँग भन्छन्, “दर्शकको आग्रहलाई मनन् गर्दै घर बसेर समय कटाउन सजिलो होस् भनेर पनि हामीले चलचित्र आमा डिस होममा हेर्न पाउने व्यवस्था मिलाएका छौं ।”

एक महिना चलचित्र ‘आमा’ डिश होममा हेर्न पाइने छ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन चलचित्र ‘आमा’ हलमा रिलिज भइरहेका बेला कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि भन्दै सरकारले सिनेमा हल बन्द गरेको थियो । 

Global Ime bank

सुरक्षा पन्त, मिथिला शर्मा, सरिता गिरी र मनिष निरौला चलचित्रको मुख्य भूमिकामा छन् । फागुन ९ गते रिलिज भएको चलचित्र हस्पिटल ड्रामा हो । चलचित्रले राम्रो समीक्षा बटुलेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC