site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा कोरोना संक्रिमत ८ सयको मृत्यु, अर्को इपिसेन्टर बन्‍ने डब्लूएचओको चेतावनी
Sarbottam CementSarbottam Cement

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले घातको दिनको सामना गर्नुपरेको छ । हालसम्म अमेरिकामा नोभेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८०० पुगेको छ । 

विश्व स्वास्थ्य संगठनले संक्रमण निकै तीव्र गतिमा भइरहेको उल्लेख गर्दै अमेरिका विश्वको कोरोना महामारीको अर्को इपिसेन्टर बन्‍नसक्ने बताएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्व स्वास्थ्य संगठनले पहिलो इपिसेन्टर पहिलोपटक नोभेल कोरोना भाइरस देखिएको चीनलाई मानेको थियो । त्यसपछि कोरोनाबाट अहिलेसम्म धेरै मानिसको मृत्यु भएकाले युरोपको इटालीलाई इपिसेन्टर बनेको थियो । 

अमेरिका कोरोना प्रकोपको सुरुवाती चरणमा छ । स्वास्थ्य अधिकारीहरुले आगामी सातासम्म अमेरिकाको अवस्था निकै खराब भइसक्ने चेतावनी दिएका छन् । न्युयोर्कका गर्भनर एन्ड्रियु कोमोले राज्यमा संक्रमितको संख्या निकै बढिरहेको बताएका छन् । 

Global Ime bank

संयुक्त राज्यभर करिब ५५ हजारलाई संक्रमण भएको छ । त्यसमा सबैभन्दा बढी न्युयोर्क र क्यालिफोर्निया बढी संकटमा छन् । अमेरिकाका धेरै राज्यहरुले लकडाउन घोषणा गरेका छन् भने अधिकांश राज्यहरुमा घरबाट बाहिर ननिस्किन आदेश जारी गरिएको छ । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ०९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC