site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
स्पेनमा वृद्धवृद्धाका बेवारिसे शवहरु फेला 
Sarbottam CementSarbottam Cement

मड्रिड । नोभेल कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाइरहेको छ भने युरोपका इटाली र स्पेनमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ । स्पेनमा कोरोना भाइरसविरुद्ध लड्न सेनासमेत परिचालन गरिएको छ । सेनाले विभिन्‍न केयर सेन्टरहरुमा संक्रमित वृद्धवृद्धाहरु बेवारिसे अवस्थामा छोडेको र कतिपय अवस्थामा बेडमै मृत फेला पारेको छ ।

स्पेनी रक्षा मन्त्री मार्गरिटा रोबल्सले सोमबार विभिन्‍न आराम कक्ष तथा केयर सेन्टरहरुलाई स्यानिटाइज् (संक्रमणरहित बनाउन सरसफाइ गर्ने)  सेना परिचालन गरिएकोमा वृद्धवृद्धाका बेवारिसे शवहरु भेटाएको बताएका छन् । उनले मंगलबार केही वृद्धवृद्धाहरुलाई संक्रमित अवस्थामै छोडिएको र केहीको बेडमै मृत्यु भएको पाइएको बताएका हुन् । 

स्पेनी अभियोजकर्ताहरुले त्यसरी बेवारिसे वृद्धवृद्धाहरुलाई छोड्नेहरुलाई लापरबाही गरेको आरोपमा कारबाही गर्ने विषयमा निर्णय गर्नेछन् । उनीहरुले यस विषयमा अनुसन्धान थालेका छन् । कोरोना भाइरसको संक्रमण इटालीभन्दा पनि तीव्र रुपमा फैलिरहेको तथ्यांकहरु सार्वजनिक भइरहेका बेला अनुसन्धान थालिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोरोना भाइरसको संक्रमण चीन, इटालीपछि स्पेनमा तीव्र रुपमा फैलिरहेको छ । स्पेनमा कोरोना संक्रमितको संख्या करिब ४० हजार पुगेको छ । मंगलबारसम्म कोरोनाबाट स्पेनमा करिब २७ सयको मृत्यु भएको छ । मंगलबार स्पेन सरकारले अहिलेसम्मको उच्च मृत्यु भएको बताएको थियो । जसअनुसार २४ घण्टाको अवधिमा ५१४ जनाको मृत्यु भएको थियो । जुन अघिल्लो दिनको भन्दा १९ प्रतिशतले वृद्धि हो । 

स्पेनी टेलिभिज टेलिसिनकोसँगको अन्तर्वार्ताका क्रममा रक्षामन्त्री रोबल्सले भने, "यसरी ती घरहरुमा वृद्ववृद्धालाई त्यसरी छोड्नेविरुद्ध कठोर कारबाही गरिन्छ ।" 

Global Ime bank

"सेनाले विभिन्‍न ठाउँहरुमा संक्रमित अवस्थाका वृद्धवृद्धाहरु र कतिपय ठाउँहरुमा उनीहरुकै बेडमा मृत अवस्थामा फेला पारेको थियो," उनले थपे ।

स्पेनी सेना र नेभीलाई रिटायरमेन्ट घरहरुलाई संक्रमण निर्मुलीकरण गर्न आग्रह गरिएको छ । त्यसक्रममा देशभरका विभिन्‍न ठाउँहरुमा दर्जनौं वृद्वृद्धाहरु मृत अवस्थामा फेला परेका हुन् ।

मड्रिडस्थित शवगृहहरु भरिएर अधिकारीहरुले थप शवहरुलाई आइस रिंकमा राख्‍न दबाब दिइएको छ । "जब मैले रक्षामन्त्रीबाट यस्तो समाचार सुने, म निकै डराएको थिए," संघीय आवासीय गृह कम्पनीका प्रमुख इगानिको फर्नान्डेज-सिडले अलजजिरसँग भने ।

"दाहसंस्कार लागि निकै भिडभाड भएको हामीलाई बताइएको थियो । जसका कारण उनीहरु आएर शव उठाउन नसकेको हुनसक्छ । त्यसकारण उनीहरुले संक्रमणको तीव्रतालाई कम गर्न शव यतिकै उनीहरुको बेडमै छोडेको हुनसक्छ," उनले भने ।   

 लुइस सिओनका ८९ वर्षीय बुबा कोरोना संक्रमणका कारण मड्रिडस्थित अस्पतालमा छन् । उनका बुबा मोन्टे हेर्मोसो आवासगृहमा बस्थे । जहाँ गत साता अन्य २० जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो । 

"मेरो बुबा जुनसुकै समयमा पनि मर्न सक्नुहुन्थ्यो । उहाँ निकै कमजोर हुनुभएको थियो । उहाँ बसेको गृहमा धेरै मानिसहरु संक्रमणकै कारण मृत्यु भएको थियो । उनीहरुले शव यतिकै छोडेकोमा मलाई खासै आश्‍चार्य लागेन । किनकी यो स्थिति नियन्त्रण बाहिर छ," लुइसले भने ।

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर इलाले आवासगृहहरु सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् । उनले भने, "हामीले यस्ता आवासगृहमा विशेष निगरानी गर्ने व्यवस्था मिलाएका छौं ।" 

सरकारी कोरोना भाइरस निर्देशनअनुसार स्वास्थ्यकर्मीहरुलाई चिकित्सक नआउन्जेसम्म शव त्यही छोड्न भनिएको छ । यद्पि अधिकांश अस्पतालहरुमा संक्रमितको संख्या बढेसँगै शव व्यवस्थापनमा अझै केही समय लाग्‍नेछ । 

स्पेनको इपिडिमियोलोजीका अधिकारका अनुसार पछिल्ला तीन दिनमा संक्रमितको संख्या दोब्बर भएको छ । 

इटालीमा ८० प्रतिशत संक्रमितहरु तीन राज्यहरु लोमबार्डी, भेनेटो र इमिलिया-रोमाग्‍नामा देखिएका छन् भने स्पेनमा पनि तीन क्षेत्रहरु कोरोनाबाट बढी प्रभावित भएका छन् । जसमा राजधानी मड्रिड, ला रिओजा र बास्की रहेका छन् । - अलजजिरा 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ०७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC