site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना संक्रमित मुलुकको तेस्रो नम्बरमा अमेरिका, ४८ हजारभन्दा बढी संक्रमित 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको पछिल्लो सिकार अमेरिका बन्‍न पुगेको छ । हाल विश्वको कोरोना प्रभावित मुलुकको सूचीको तेस्रो नम्बरमा अमेरिका परेको छ । 

अमेरिकामा कोरोना संक्रमितको संख्या हाल ४८ हजार ७८८ पुगेको छ । वर्ल्ड मिटरका अनुसार अमेरिकामा एक दिनमा ३५ जनाको मृत्यु भएको छ भने ५ हजार ४४ संक्रमित थपिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

हालसम्म कोरोनाबाट अमेरिकामा ६०१ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । विज्ञहरुले युरोपपछि कोरोना इपिसेन्टर अमेरिका बन्‍ने चेतावनी दिएका छन् । 

कोरोना प्रभावितको सूचीको पहिलो नम्बरमा रहेको चीनमा ८१ हजार १७१ संक्रमित भएको र तीन हजार २७७ को मृत्यु भएको छ । त्यसैगरी दोस्रो नम्बरमा रहेको इटालीमा ६३ हजार ९२७ संक्रमित छन् भने ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । 

Global Ime bank

त्यसैगरी अमेरिकापछि रहेको स्पेनमा ३९ हजार ६७६ संक्रमित रहेकोमा दुई हजार ८७७ को मृत्यु भइसकेको छ । 

अमेरिकामा मृत्यु हुनेको संख्या कम भएपनि संक्रमणको दर भने तीव्र रहेको छ । अमेरिकाको न्युयोर्कमात्र कोरोना संक्रमितको संख्या २५ हजार पुगेको छ । 

अमेरिकाको ५० वटै राज्यको कुल जनसंख्याको ४३ प्रतिशतलाई घरमै बस्‍न आदेश जारी गरिएको  छ। - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २२:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC