site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कश्मीरका पूर्व मुख्यमन्त्री अब्दुल्ला रिहा
Sarbottam CementSarbottam Cement

काश्मीर । झण्डै आठ महिनाको नजरबन्दपछि कश्मीरका पूर्व मुख्यमन्त्री ओमर अब्दुल्लालाई मङ्गलबार रिहा गरिएको छ । उनलाई २३२ दिनपछि रिहा गरिएको हो ।

भारतको केन्द्र सरकारले जम्मू कश्मीरको पूर्वराज्यलाई विशेष दर्जा दिने निर्णय गरेलगत्तै गत अगस्टमा अब्दुल्लासहितका काश्मिर मुद्दाप्रति असन्तुष्ट सयौँ नेताहरुलाई नजरबन्दमा राखिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सार्वजनिक सुरक्षा ऐन (पीएसए) अन्तर्गत नजरबन्दमा राखिएका ५० वर्षीय अब्दुल्लामाथि  गत फेबु्रअरी ५ तारिखमा लगाइएको आरोप आधिकारिक रूपमा खारेज गरिएपछि उनलाई रिहा गरिएको हो ।

भारत सरकारले काश्मिरलाई दिइँदै आएको विशेष व्यवस्थालाई गत वर्षको अगस्ट ५ खारेज गर्दै केन्द्र सरकारको मातहतमा ल्याउने निर्णयसँगै स्थानीय नेताहरूलाई पक्राउ गरिएको थियो । यस निर्णयलाई भारतीय संसदले तत्कालै पारित गरीसकेको छ । 

Global Ime bank

रिहाइपछि  प्रतिक्रिया दिँदै कोरोना भाइरसको विश्वव्यापी प्रकोपबीच नागरिकहरूलाई ‘सरकारले दिएको सल्लाह अनुसार सामाजिक दूरी’ कायम गर्न अब्दुल्लाले आग्रह गरे ।  

नेताहरूलाई नजरबन्द गरिएकोबारे उनले भने, “सबै नेताहरुलाई नजरबन्दबाट मुक्त गरिनुपर्छ र कश्मीरमा थ्री–जी र फोर–जीसहितका सेवाहरु यथाशीघ्र पुनः सञ्चालनमा ल्याउनुपर्छ । हामी जीवन र मृत्युको लडाइँ लडिरहेका छौँ । पक्राउ गरिएका हाम्रा सबै साथीहरूलाई यस समयमा रिहा गरिनु पर्छ । कोरोनाभाइरसविरुद्ध लड्ने सरकारी आदेशको पालना गर्नैपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ०४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC