site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
'विपद्को समयमा सरकारलाई सहयोग गरौं'
Ghorahi CementGhorahi Cement

काठमाडौं । गायक प्रमोद खरेलले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न घरमै बस्न आग्रह गरेका छन् । खरेलले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले दिएको निर्देशन पालना गर्दै घर बाहिर ननिस्किन आग्रह गरेका छन् । 

घर बाहिर जानै परे माक्स लगाउन आग्रह गर्दै उनले बाहिरबाट फर्किएपछि सावुन पानीले हात धोएर तथा सेनिटाइजरको प्रयोग गरेर मात्रै घरभित्र प्रवेश गर्न आग्रह गरेका छन् । 

Agni Group

ज्वरो तथा रुघा खोकी लाग्न बित्तिकै स्वास्थ्य संस्थामा गएर स्वास्थ्य जाँच गराउन पनि उनले भनेका छन् । गाडीको प्रयोग गर्दा, घरको गेट लगाउँदा तथा उघार्दा पनि कोेरोनाको जोखिम हुने भन्दै उनले त्यसबाट बच्न र बचाउन पनि आग्रह गरेका छन् । 

कोरोनाको सम्भावित जोखिमबाट डराउने भन्दा पनि पर्याप्त सावधानी अपनाउन अनुरोध गरेका छन् । उनले कोरोनाको सावधानी कसरी अपनाउने भन्नेबारे भिडियो सन्देश दिँदै हात धुने तरिकासमेत सिकाएका छन् । 

Global Ime bank

संकटको घडीमा सरकार तथा समाजलाई सहयोग गर्नु सचेत नागरिकको दायित्व भन्दै प्रमोदले विपद्को समयमा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC