site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल आइडल केही समय प्रशारण नहुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी–सो ‘नेपाल आइडल’ सिजन–३ केही समयका लागि स्थगित हुने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिम न्यूनिकरणलाई ध्यान दिँदै नेपाल आइडल केही समय प्रशारण नहुने भएको हो । 

“सरकारले गरेको लकडाउनलाई सहयोग गर्दै हामीले पनि अवस्था सामान्य नहुञ्जेलसम्मका लागि रोक्ने भएका छौं,” नेपाल आइडलका निर्देशक सुरेश पौडेल बाह्रखरीसँग भन्छन्, “यो बिहीबारको श्रृंखलामा निर्णायकको केही सन्देश र प्रतिस्पर्धीलाई शुुभकामना दिएपछि अवस्था सामान्य नभएसम्मका लागि स्थगित गर्नेछौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिस्पर्धीलाई हिजो साँझ आआफ्नै घर पुर्याएको निर्देशक पौडेलले जानकारी दिए । 

गत हप्ता उत्कृष्ठ दशबाट बाहिरिएका प्रतिस्पर्धीले वाइल्ड कार्ड इन्ट्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।  वाइल्ड कार्ड इन्ट्रीका लागि मेघा श्रेष्ठ, किरण भुजेल, ममता गुरुङ, रचना रिमाल र मिङ्मा लामाले आआफ्नो प्रस्तुती दिएका थिए । मुस्कान रानाभाट भने परीक्षाको तयारी भन्दै वाइल्ड कार्ड इन्ट्रीमा सहभागी भइनन् । 

Global Ime bank

केभिन ग्लान तामाङ, प्रवीण बेडुवाल, नेसन पुन मगर  र सज्जा चौलागाईं भने उत्कृष्ट चारमा प्रवेश गरिसकेका छन् । 

वाइल्ड कार्ड इन्ट्रीबाट एक जना पुनः प्रवेश गरेपछि  पाँच जनाबीच प्रतिस्पर्धा हुने छ । 

नेपाल आइडलमा विगतमा झैं यो सिजनमा पनि न्ह्यू वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक छन् ।

नेपाल आइडल सिजन–३ का विजेताले नगद रु. ५० लाख प्राप्त गर्ने छन् । फष्ट रनरअपले १० लाख पाउँदा सेकेन्ड रनरअपले ५ लाख प्राप्त गर्नेछन् । उत्कृष्ट तीन जनाले वल्र्ड टुरको अवसर पाउने छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १८:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC