site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हान्ता भाइरसबाट चीनमा एकजनाको मृत्यु, के हो हान्ता भाइरस ? 
Ghorahi CementGhorahi Cement

बेइजिङ । चीनको वुहानबाट सुरु भएको नोभेल करोना भाइरसले विश्वलाई आतंकित बनाइरहेका बेला चीनमा फेरि अर्को भाइरस देखिएको छ । 

चीनको युनान प्रान्तमा हान्ता भाइरसबाट एकजनाको मृत्यु भएको छ । चिनियाँ सञ्‍चामाध्यम ग्लोबल टाइम्सले युनान प्रान्तमा एकजनाको हान्ता भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । 

सेन्दोङ प्रान्तबाट सोमबार फर्किएका उनको मंगलबार मृत्यु भएको जनाइएको छ । उनीसँगै उक्त बसमा अन्य ३२ जना पनि सवार रहेको बताइएको छ । 

Agni Group

के हो हान्ता भाइरस ? 

Global Ime bank

चीनको रोग नियन्त्रण र रोकथाम केन्द्रका अनुसार हान्ता भाइरस पनि भाइरस परिवारकै एक हो । जुन मुसा प्रजातिबाट फैलिने र यसले मानिसमा विभिन्‍न संक्रमण गराउँछ  । यसको संक्रमणबाट हान्ता भाइरस पल्मोनरी (फोक्सोसम्बन्धी) सिन्ड्रोम (एचपीएस) र हइमोरहाजिक फिभरसँगै रेनल (मिर्गौलासम्बन्धी) सिन्ड्रोम (एचएफआरएस) गराउँछ । 

यो भाइरसको संक्रमण हावाबाट हुँदैन । तर, मुसालगायतका प्रजातीको पिसाब, दिशा अथवा खकार छोएमा अथवा मुसा प्रजातिको टोकाइबाट हान्ता भाइरसको संक्रमण हुन्छ । 

लक्षण 

हान्ता भाइरसको एचपीएस संक्रमण भएमा सुरुमा थकान महसुस हुने, ज्वरो आउने र मांशपेसी दुख्‍ने हुन्छ । यससँगै टाउको दुख्‍ने, चिडचिडाहट हुने, चिसो हुने र पेटसम्बन्धी समस्या देखिन्छ । 

यी लक्षण देखिँदा पनि उपचार नगराएमा खोकी लाग्‍ने र श्वासप्रश्वासमा समस्या हुनुका साथै मृत्युसम्म हुन्छ । चिनियाँ रोक नियन्त्रण तथा उपचार केन्द्रका अनुसार मृत्युको जोखिम ३८ प्रतिशत हुने बताइएको छ । 

त्यसैगरी एचएफआरएस पनि समान लक्षण देखिन्छन् । समयमा उपचार नभएमा कम रक्तचाप हुने, गम्भीर घात हुने, नसा फुट्‍ने र मिर्गौलाले काम गर्न छोड्‍ने हुन्छ । 

एचपीएस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन भने एचएफआरएस पनि विरलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । सीडीसीका अनुसार मुसा प्रजातिको नियन्त्रण गर्नु नै हान्ता भाइरसबाट बच्‍ने प्राथमिक उपाय हो । - फस्टपोस्ट डटकम

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC