site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
डब्लूएचओले भन्यो - नेपालमा कोरोना परीक्षण विश्वसनीय
Ghorahi CementGhorahi Cement

काठमाडौं । विश्व स्वास्थ्य संगठनले नेपालमा नोभले कोरोना भाइरस अर्थात कोभिड-१९ को परीक्षण विश्वसनीय भएको र परीक्षणमा चिकित्सकको टोलीद्वारा उच्चस्तरीय दक्षता प्रदर्शन गरेको जनाएको छ । 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि कोस भ्यानडेलयरले नेपालमा कोरोना परीक्षणको अवस्थासम्बन्धमा एक विज्ञप्ति जारी गर्दै नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोभिड-१९ का आशंकित व्यक्तिहरुको जाँच प्रक्रिया विश्वसनीय भएको र प्रयोगशालामा कार्यरत चिकित्सकहरुले उच्चस्तरीय दक्षता प्रदर्शन गरिरहेको बताएका छन् । 

Agni Group

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा डब्लूएचओ नेपालले नेपालमा डा. जोनाथन आशक्रोफ्टको नेतृत्वमा बेलायती जनस्वास्थ्य र्‍यापिड सपोर्ट टिम परिचालन गरिएकोसमेत जनाइएको छ । नेपालमा उक्त टोलीले नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको टोली १३ देखि २१ मार्च, २०२० सम्म सहयोग गरेको बताइएको छ । 

यस अवधिमा डा. आशक्रोफ्टले नेपालको जनस्वास्थ्य प्रयोगशाला उपकरण सम्पन्‍न भएको र उच्चस्तरीय दक्ष टोलीले कोरोना परीक्षण गरिएको पाएको विज्ञप्तिमा जनाइएको छ । नेपालमा गरिएका परीक्षणका नतिजाहरु एकदम सही भएकोसमेत विज्ञप्तिमा जनाइएको छ । 

Global Ime bank

त्यसैगरी तत्काल थप परीक्षण क्षमता बढाउनुपर्ने र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कोभिड-१९ विशेष परीक्षण केन्द्रका रुपमा स्थापना गर्नुपर्ने आशक्रोफ्टले सुझाव दिएका छन् । त्यसैगरी डब्लूएचओ नेपालले नेपालका कोभिड-१९ को सामना गर्न सधैं सहयोग गर्नेसमेत प्रतिबद्धता जनाइएको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC