site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ग्यास, चामल र पानीको पसल पनि बन्द गराउँदैछ प्रहरी !
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा खुलेको किराना पसलसहित ग्यास, चामल र पानीको पसल पनि बन्द गराएको पाइएको छ ।

खाद्यान्न स्टोरहरु बन्द गराउँदा सर्वसाधारण मर्कामा परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको चन्द्रागिरी नगरपालिका, कलंकली, बानेश्वर, ललितपुरका विभिन्न क्षेत्रमा खाद्यान्न स्टोरहरु पनि बन्द गराएको बाह्रखरीकर्मीले जनाएका छन् ।

सरकारले यसअघि अत्यावश्यक सामग्री तथा खाद्यान्न घरमा जोहो नगर्न निर्देशन दिएकाले स्टोर नगरेको तर अहिले किन्न पनि नपाएको भन्दै स्थानीय आक्रोशित देखिएका छन् ।

Global Ime bank

उता ललितपुरको हात्तीवन क्षेत्रमा पनि प्रहरीले पसलहरु बन्द गर्न लगाएको छ । २ जनाभन्दा बढी बाहिर नबस्न र घरमै बस्न प्रहरीले निर्देशन दिएको पाइएको छ ।

प्रहरीले पनि खाद्यान्न स्टोरहरु पनि बन्द गराएको स्वीकार गर्दै त्यसलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा छलफल भइरहेको बताएको छ ।

प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले अहिले खाद्यान्नलगायतका पसलमा पनि भीडभाड हुँदा जोखिम बढ्ने भएकाले कसरी खोल्न सकिन्छ र व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको बताए ।

बाह्रखरीसँग कुरा गर्दै उनले व्यवस्थित गराउन प्रहरीले प्रयास गरेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC