site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भेनेजुएलालाई अर्को संकट, कसरी गर्दै छ सामना ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । दक्षिण अमेरिकी मुलुक भेनेजुएलाले लामो समयदेखि आर्थिक संकटको सामना गरिरहेको छ । अहिले फेरि विश्वभर आतंक फैलाइरहेको नोभेल कोरोना भाइरसको विश्वव्यापी महामारीको सामना गर्नुपरेको छ ।

मार्च १७ देखि लकडाउन घोषणा गरेको भेनेजुएलाले सम्पूर्ण सीमानाका बन्द गरेको छ भने अन्तर्राष्ट्रिय उडानहरु रद्द गरिएका छन् । आर्थिक संकटमा परेको भेनेजुएलामा कोरोनाको अवस्थाबाहेकमा समेत पर्याप्त खाना र औषधिको अभाव हुने यस मुलुकमा कोरोना संक्रमणको अवस्थामा भोग्‍नुपर्ने संकट निकै दयनीय छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मुलुकभरका जनतालाई घरबाट बाहिर ननिस्किन निर्देशन जारी गरिएको छ । मानिसहरुलाई खाना र औषधि खरिदका लागि र संक्रमणको शंका लागे अथवा संक्रमितको उपचारका लागि अस्पताल जानबाहेक सम्पूर्ण आवतजावतमा प्रतिबन्ध लगाइएको छ । 

आइतबारदेखि घरमा बस्दा पनि अनिवार्य मास्क र पञ्‍जा लगाउनुपर्ने बताइएको छ । 

Global Ime bank

एक ५० वर्षीय सरकारी कर्मचारीले भने, "कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिने त्रासले अहिले जनताहरु निकै चिन्तित भएका छन् । त्यसकारण उनीहरुले होम-क्‍वारेन्टाइनको अवस्थालाई पालना गरेका छन् । तर, केही फुटपातका व्यापारीहरुले भने साँझबिहान छाक टार्न बाहिर निस्किनैपर्ने बाध्यता छ । सडकभर प्रहरी परिचालन गरिएको छ । जसले गर्दा उनीहरुलाई घरबाहिर निस्किन दिइएको छैन । भोकमरी हुने सम्भावना बढ्दो ।" 

उनले सातामा दुईपटक पानी ल्याउँछन् । बाँकी दिन त्यही जम्मा भएको पानी उमालेर पिउने गर्छन् । "हामीले सातामा दुईपटक आउने पानीलाई जम्मा गरेर हात धुनेदेखि पिउनेसम्म गरिरहेका छौं ।" 

भेनेजुएलामा हालसम्म ८४ जनालाई कोरोना संक्रमण भएको छ भने १५ जनालाई उपचारपछि घर पठाइएको छ । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC