लन्डन । चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसले विश्वभर महामारीको रुप लिएको छ । हालसम्म १६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने तीन लाख ८१ हजार संक्रमित भएका छन् । तर, विश्वभर एक लाख संक्रमितलाई उपचारपछि घर पठाइएको छ ।
यसको मृत्युको जोखिम कति हुन्छ अथवा मृत्युदर कति छ भनेर यकिन भन्न सकिएको छैन । विश्व स्वास्थ्य संगठनले कुल संक्रमित ३.४ प्रतिशत मानिसहरुको मृत्यु हुने बताएको छ ।
तर, वैज्ञानिकहरुले भने मृत्युदर निकै कम रहेको बताएका छन् । केही संक्रमितहरुमा देखिएका कोरोनाका लक्षण सामान्य भएको र केहीमा पहिचना नभएकोले मृत्युदर कम रहेको वैज्ञानिहरुको तर्क छ ।
कुन उमेरका मानिसलाई कोरोनाको जोखिम बढी हुन्छ ?
कोरोना संक्रमितको मृत्यु जोखिम विभिन्न कारण फरक-फरक हुनेसक्ने उनीहरुको तर्क छ । उमेर समूह, लिंग, संक्रमित हुनुभन्दा अघिको अवस्था, खानपान, स्वास्थ्य प्रणाली र उपचारमा भर पर्दछ ।
हामीसँग उपलब्ध प्रमाणका आधारमा भन्दा केही समूहका मानिसहरुको मृत्युदर उच्च हुन्छ । जसमा वृद्धवृद्धा, अस्वस्थ व्यक्ति र सम्भवत: पुरुष बढी जोखिममा हुन्छन् । - बीबीसी