site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हात जोडेर प्रहरीको बिन्ती– घरमै बसिदिनूस् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंमा लकडाउन (बन्दाबन्दी)को असर देखिएको छ ।

काठमाडौंमै कोरोना सङ्क्रमित फेला परेपछि चनाखो बनेको सरकारले मंगलबारबाट  देशभर हप्ताव्यापी बन्दाबन्दी गर्ने निर्णयमा पुगेको थियो ।

कोरोनाको सन्त्रासबाट गत डिसेम्बरदेखि नै गुज्रँदै आए पनि नेपालीहरूले पहिलोपल्ट लडडाउनको सामना गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

लडडाउनको असर काठमाडौंमा देखिएको छ । अत्यावश्यक सेवा बाहेकका सबै बन्दव्यापार, आवागमन बन्द छ । खाद्यान्न, दूग्ध पदार्थ, इन्धन आपूर्ति बाहेकका पसलहरू खुलेका छैनन् ।

बन्दाबन्दी अटेर गरेर बाहिर निस्किएका सर्वसाधारणहरूलाई सम्झाइबुझाइ गर्न प्रहरीलाई हम्मे नै परिरहेको छ ।

Global Ime bank

उपत्यकाका मुख्य, चोकमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको भए पनि अटेर गर्नेको सङ्ख्या उत्तिकै छ । प्रातः भ्रमणमा निस्किएका तन्नेरी मात्र होइन प्रौढहरूलाई नै सम्झाउन प्रहरीहरूलाई हम्मेहम्मे परिरहेको देखिन्थ्यो ।

सुरक्षाकर्मीको आँखा छलेर बत्तिइरहेका मोटरसाइकलमा सवारहरूलाई प्रहरीले हातै जोडेर बिन्ती बिसाइरहेका छन् ।

ठाउँठाउँमा हातमा सूचनामूलक सन्देशसहितका प्लेकार्ड बोकेका सुरक्षाकर्मीहरूले सर्वसाधारणहरूलाई घरमै बस्न, अत्यावश्यक काम परेमात्रै बाहिर निस्कन अपिल गरिरहेका छन् ।

गौशाला, चाबहिल, बौद्ध, जोरपाटी लगायतका क्षेत्रमा बिहान ४ बजेदेखि नै सुरक्षाकर्मीले माइकिङ गरेका थिए । सबै नागरिकहरू घरभित्रै बसेर कोरोना रोकथाम र नियन्त्रणका लागि योगदान पुर्‍याउन उनीहरूको अनुरोध थियो । अटेर गरे ६ महिनादेखि १ वर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी पनि दिएका थिए ।

इतिहासमै पहिलोपटक बन्दाबन्दी, पूर्णतः लकडाउनको सामना गरेकाले सर्वसाधारणले अनौठो मानिरहेका छन् ।

इतिहासका विभिन्न कालखण्डमा औलो, बिफर,  कालाज्वर आदि विभिन्न महामारी, व्याधी, प्रकोपसँग जुध्दै आए पनि सर्वसाधारणले यसप्रकारको चौतर्फी बन्दको सामना गर्नुपरेको थिएन ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC