site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोनाबाट बेलायतमा ३३५ को मृत्यु, दुईजनाभन्दा बढी जम्मा हुन नपाइने
Sarbottam CementSarbottam Cement

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले नोभेल कोरोना भाइरस नियन्त्रणको पहलका लागि कडा प्रतिबन्ध जारी गरेका छन् । प्रधानमन्त्री जोन्सनले अत्यावश्यकबाहेकका सेवा दिने पसलहरु बन्द गर्न, दुईजनाभन्दा बढी मानिस भेला हुन नपाइने घोषणा गरेका हुन् ।

हालसम्म बेलायतमा कोरोना संक्रमणबाट ३३५ जनाको मृत्यु भइसकेको छ । प्रधानमन्त्री जोन्सनले जारी गरेको प्रतिबन्ध अन्तर्गत दिनमा एकपटक मात्र व्यायामका लागि घरबाहिर निस्किन पाइने, अत्यावश्यकबाहेक आवतजावत गर्न नपाइने, अत्यावश्यक उपभोग्य वस्तुको खरिद र औषधोउपचारका लागि मात्र बाहिर निस्किन पाइने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यदि मानिसहरुले सरकारको नियम उल्लंघन गरे प्रहरी परिचालन गरेर नियम पालना गर्न बाध्य बनाइने र नमानेमा जरिवाना गर्न तथा भिड तितरवितर पार्ने अधिकार प्रहरीलाई दिइएको प्रधानमन्त्री जोन्सनले १०डाउनिङ् स्ट्रिटमार्फत सन्देश जारी गरेका हुन् ।

प्रधानमन्त्री जोन्सनले मुलुकले राष्ट्रिय आपतकालको अवस्था भोगिरहेको छ र राष्ट्रिय स्वास्थ्य सेवालाई सुरक्षित राख्‍न र जीवन बचाउनका लागि घरमै बस्‍नु अत्यावश्यक भएको बताए । 

Global Ime bank

उनले उक्त प्रतिबन्ध कम्तिमा तीन सातासम्म कायम रहने र त्यसपछि फेरि स्थितिको समीक्षा गरेर थप निर्णय गर्न सकिने बताए । सरकारले चारवटा कारणमात्र घरबाहिर निस्किन निर्देशन जारी गरेको छ ।

- अत्यावश्यक वस्तुको खाना तथा औषधि खरिद ।
- दिनमा एकपटक व्यायाम जस्तै दौडिने, हिँड्‍ने, साइकल चलाउने । यस्तो अभ्यास एक्लै गर्नुपर्ने तथा आफूसँगै बस्‍ने व्यक्तिबाहेक अरुसँग गर्न नहुने ।
- संक्रमणको जोखिममा रहेका व्यक्तिको हेरचाह र उचारका लागि । 
- घरमै बसेर गर्न नसकिने कामका लागि कार्यालय जान र आउन ।
 - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC