site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चीनले कोरोना सुरक्षा सामग्री सहयोग गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनले मेडिकल सुरक्षा सामग्री, पर्सनल, प्रोटेक्टिभ ईक्विपमेन्ट (पीपीई) सहयोग गर्ने भएको छ । नेपालमा एकजना १९ वर्षीया किशोरी कोरोना भाइरस सङ्क्रमणमा परेकी छिन् ।

अरू आशंकितहरू पनि थपिएका छन् । तर, मेडिकल सुरक्षा सामग्रीहरू प्रयाप्त छैनन् ।

पराराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले झण्डै २० हजार थान त्यस्ता सामग्री (पीपीई) माग गरेको र चीन सरकारले सहयोग गर्ने बताएको जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“उहाँहरूले सहयोग गर्छौं भन्नुभएको छ । सामग्री कहिले आइपुग्छ यकिन भएको छैन,” उनले बाह्रखरीसँग कुरा गर्दै भने ।

त्यस्तै सरकारले २० जना चिकित्सकको समूह पठाउन पनि चीन सरकारसँग अनुरोध गरेको छ । यसमा पनि चीन सरकार सकारात्मक रहेको छ ।

Global Ime bank

चीनबाट चिकित्सकका टोली भित्रिएपछि उनीहरूले उपचारका अतिरिक्त नेपाली चिकित्सकलाई तालिम पनि दिने छन् ।

सरकारले बलम्बुमा रहेको एपीएफको अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन खाली गर्ने बताइसकेको छ ।

यसअघि पालका लागि चिनियाँ राजदूत होउ यान्कीले नेपाललाई सहयोग गर्न चिकित्सा सामाग्रिको बन्दोबस्त गर्ने कोशिस गरिरहेको बताएकी छन् । 

राजदूत यान्कीले ट्विटरमार्फत् नेपालको लागि आफूहरुले पनि प्राथना गरिरहेको र मेडिकल सामाग्रि उपलब्ध गराउन समन्वय गरिरहेको बताएकी हुन् ।

उनले भनेकी छन्, “तपाईंहरु कहिल्यै एक्लो हुनुहुन्न ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC