site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पशुपतिनाथमा नित्य पूजा यथावत, मलामी जान पाइन्छ कि पाइँदैन ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनमा पशुपतिनाथ मन्दिरको नित्य पूजा भने यथावत रहने भएको छ । 

मन्दिरका मुल भट्ट तथा पुजारी मन्दिर परिषरभित्रै बस्ने भएकाले लक डाउनले कुनै असर नगर्ने पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“लक डाउनमा पनि नित्य पूजा रोकिँदैन । मुल भट्ट तथा पुजारी मन्दिर परिषर भित्रै बस्ने भएकाले लक डाउन उल्लंघन हुँदैन,” कोषका सदस्य सचिव ढकाल बाह्रखरीसँग भन्छन्, “सनत्य पूजा सधैँ चलिरहने छ ।”

आज विहान ६ बजेभन्दा अगाडि नै पशुपति क्षेत्र नजिकैका केही नियमित दर्शनार्थीले आएर पूजा गरेका थिए । 

Global Ime bank

पशुपतिनाथ मन्दिर परिषरमै रहेको आर्यघाटमा शव दाहका लागि लक डाउनमा कस्तो व्यवस्था गर्ने भन्नेबारे आज निर्णय गरिने ढकालले जानकारी दिए । 

“शव दाहका लागि आउने मलामीका विषयमा लक डाउनको अवधीमा केकस्तो वयस्वस्था गर्ने अब केही बेरमा बसेर हामी निर्णय गर्दैछौं,” ढकालले भने । 

पशुपति आर्यघाटमा दैनिक ठूलो संख्यामा अन्तिम संस्कारका लागि शव ल्याउने गरिएको छ । 

कोषले हरेक दिन हुँदै आएको आरती पूजा भने यस अघि नै बन्द गरिसकेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC