site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
कोरोना संक्रमित युवतीसँगै एउटै जहाजमा आएका युवालाई बुर्तिवाङमा क्वारेन्टाइनमा राखिने
Sarbottam CementSarbottam Cement

पोखरा । चैत ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ पाइए पछि उनीसँगै जहाजमा आएका बाग्लुङका युवालाई क्वारेन्टाइनमा राखिने भएको छ । 
ती युवा बाग्लुङको ढोरपाटन नगरपालिकास्थित अधिकारीचौरका हुन् ।

संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएकी थिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी कतारबाट आएर एक रात काठमाडाैं बसेर भोलिपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए । 

अहिले उनी आफ्नै गाउँमा छन् । गाउँ आएका युवा कोरोना संक्रमण भएकी किशोरीसँगै आएको खबरपछि गाउँले थप त्रस्त बनेका छन् । 

Global Ime bank

घरमा रहेका ती युवालाई पैदल यात्रामार्फत आज बुर्तिबाङ बजारमा ल्याइने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए । 

उनलाई वडाध्यक्ष मार्फत बुर्तिबाङ बजार ल्याएर क्वारेन्टाइनमा राखेर परीक्षण, उपचार लगायत अरु प्रक्रिया अघि बढाउने मेयर नेपालीले जनाए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०९:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC