site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
फिनल्यान्ड तेस्रो वर्ष लगातार सबैभन्दा खुसी राष्ट्र, महामारीका बेला यो उपलब्धीले के अर्थ राख्छ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्व महामारी चलिरहेका बेला पृथ्वीको सबैभन्दा खुसी राष्ट्र हुनुले के अर्थ राख्छ ? वास्तवमा यो संकट आइपर्नु अगाडिको सामाजिक सुरक्षालगायत देशका विभिन्न सपोर्ट प्रणालीसँग सम्बन्धित छ । 

यसरी संयुक्त राष्ट्र संघको विश्व खुसी रिपोर्टमा तेस्रो वर्ष लगातार फिनल्यान्ड सबैभन्दा खुसी मुलुकमा पर्न सफल भएको छ । यसपछि दोस्रोमा डेनमार्क, अनि स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे पाचौँ स्थानसम्म रहेका छन् । 

‘सस्टेनेबल डेभलपमेन्ट सलुसन्स नेटवर्क’ ले केही दिन अगाडि मात्र यो वार्षिक रिपोर्ट प्रकाशित गरेको हो । यी पाँचवटै देशहरु आय, स्वतन्त्रता, भरोसा, स्वस्थ जीवन, औसत आयु, सामाजिक समर्थन र उदारवादी प्रवृत्तिका आधारमा विश्वकै उत्कृष्टमा परेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसबारे सबैभन्दा खुसी मुलुकको राजधानीमा बस्ने स्यामुएल कोपेरोइनेनले भनेका छन्, “यसको सबैभन्दा ठूलो श्रेय राम्रो गुणस्तरको सामाजिक स्वास्थ्य सेवालाई जान्छ । जस्तै कि अपाङ्गता वा कुपोषणको खण्डमा हामीले बिनाशुल्क उपचार पाउनेछौँ । र, हामी यो सुविधाको गुणस्तर अनि उपलब्धतामा पनि पूरा विश्वास गर्दछौँ । त्यस्तै हाम्रा लागि सामाजिक सुरक्षाको विषय पनि उत्तिकै महत्वपूर्ण छ । उदाहरणका लागि हामीले जागिर गुमाउनुपर्यो वा हामी बिरामी भयौँ अथवा हाम्रा छोराछोरी बिरामी भए भने हामीले केही हिस्साको आम्दानी गुमाउनुपर्ने हुनसक्छ तर हाम्रो देशमा यस वापद् क्षतिपूर्ति दिइन्छ । यसले हामीलाई जस्तो सुकै कठिन परिस्थितमा पनि जिवित रहन र दैनिक उपभोगलाई सन्तुलित गर्नमा मद्दत पुर्याउँछ । र यसमा हाम्रो स्वास्थ्य अनि बालबालिकाहरुको सेवा, शैक्षिक प्रणाली, बेरोजगारी भत्ताले मात्र राम्रो समाज सिर्जना गरिरहेको छैन । संकटको घडी, जस्तै अहिलेको कोरोना महामारीमा यी सबै कुराको महत्व झन बढ्न जान्छ ।”

उनले थप भने, “स्थानीय महानगरपालिका र चर्चहरुले अहिले राहत र मद्दतका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । त्यस्तै एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सहयोगकको आदनप्रदान भइरहेको देख्न सकिन्छ । अहिले सबैतिर छरछिमेकबाट पनि उत्तिकै साथ र समर्थन प्राप्त भइरहेको छ ।” 

Global Ime bank

खुसीले यी देशहरुलाई यो नयाँ भाइरस विरुद्ध सुरक्षा दिलाउँदैन न त्यहाँका गुणस्तरीय स्वास्थ्य प्रणाली यो संकटसँग फरकगरी लड्न सक्नेछ तर यहाँ कुरा आगामी दिनहरुको पनि छ । अबका केही महिना मानिसहरु सामाजिक दुरीकरण, सेल्फ आइसोलेसन र क्वारेन्टाइनमा बिताउनुपर्ने हुन्छ । त्यस्तै व्यवसायहरु बन्द भइरहेका छन् भने यसले अर्थतन्त्रमा भयानक असर पार्ने निश्चित छ । त्यसैले यसका लागि प्रभावकारी सरकारी नीति आवश्यक पर्दछ ।

अर्कोतर्फ यही सूचीको १८ औँ स्थानमा पर्ने अमेरिकामा अहिले भाइरसका कारण कोलाहलपूर्ण वातावरण छ । त्यहाँ जनताले सरकारमाथि पूर्ण भरोसा गर्न नसकेको अवस्था छ भने सर्वसाधारणको अपेक्षाअनुसार तयारी नगरिएको आरोप पनि रहेको कोलम्बिया युनिभर्सिटीका अर्थशास्त्र प्रोफेसर जेफ्री साच्स बताउँछन् । 
कोरोना जस्तो विश्व महामारीले देशका जनताको आम्दानी र स्वास्थ्यमा हमला गर्दा, सरकारको नीतिमाथि पूरा विश्वास रहेको समाजले भने क्षति कम गर्न सहकारिताको बाटो अपनाउँछन् । 

एकअर्काको मद्दतका लागि जोखिम मोलेर पनि काम गर्न तयार समाज नै सुखी रहन सक्षम हुन्छन् जसले भौतिक उपलब्धीलाई अर्थहिन तुल्याउन सक्छ । 

यो भनाइसँग फिनल्यान्डका शिक्षक भिले पनि सहमति जनाएका हुन् । उनका अनुसार फिनल्यान्ड सरकार आफैँमा प्रभावशाली भएपनि यसमा नागरिकहरुले वर्तमान प्रशासनप्रति पूर्ण भरोसा गर्नुले पनि संकट पार लगाउन  धेरै मद्दत गर्नेछ । 

किनकि कोरोना भाइरसको प्रभाव बिना पनि विश्वका सर्वाधिक ठूला अर्थतन्त्रहरु कहिल्यै खुृसी राष्ट्रको सूचीमा शीर्षमा आउन सकेका थिएनन् । यसमा अहिले चीन ९४ औँ स्थानमा परेको छ भने बेलायत १३ औँ मा छ । जापान ६२ मा पर्दछ अनि रुस ७३ औँ स्थानमा आएको छ । 

यता सबैभन्दा कम खुसी राष्ट्रहरुको शीर्ष सूचीमा भारत, अफगानिस्तान, दक्षिण सुडान, जिम्बावे, रुवान्ज्डा र मध्यम अफ्रिाका रहेका छन् । नेपाल भने ९२ औँ स्थानमा छ ।  सीएनएनबाट 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC