site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लकडाउनमा देश, उपत्यकाको दृश्य कर्फ्युजस्तै !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना भाइरसको संक्रमणको महामारीबाट जोगिन सरकारले आजदेखि लकडाउन सुरु गरेको छ ।

मानिसहरुलाई घर बाहिर निस्कन नदिने र अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न दिने सरकारले निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं, ललितपुर र भक्तपुरमा मंगलबार बिहान अत्यावश्यक सेवा सञ्चालनका सवारी साधन बाहेकका सवारी साधन सञ्चालन भएको देखिएन । बिहानै सडकमा निस्किएका केही सवारीलाई प्रहरीले फर्काइदिएको छ ।

उपत्यकाको मंगलबार बिहानको दृश्य लगभग कर्फ्युको जस्तै थियो । माइकिङबाट प्रहरीले सर्वसाधरणलाई भित्रै बस्न, घर बाहिर ननिस्कन आग्रह गर्दै हिँडेको छ ।

Global Ime bank

सडकमा सुरक्षाकर्मी बाक्लो परिचालन गरिएको छ भने सवारी साधनको र परिचयपत्रको चेकजाँचलाई पनि कडाइ गरिएको छ । 

कोरोना संक्रमणको बिरामी फेला परेपछि थप संक्रमण नफैलियोस् भनि सोमबार सरकारले संक्रामक रोग ऐन २०२० अनुसार एकसाताका लागि मुलुकभर लकडाउनको घोषणा गरेको हो । 

मंगलबार बिहान ६ बजे देखि १८ गते सम्म अत्यावश्यक बाहेक सर्वसाधारणलाई घर बाहिर निस्कन निषेध गरिएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC