site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पत्रिका बन्द गर्न आह्वान
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । यहाँबाट प्रकाशित हुने पत्र–पत्रिका बन्द गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखाले आह्वान गरेको छ । महासंघका अध्यक्ष विष्णु अवस्थीले सोमबार विज्ञप्ति जारी गरेर कोरोना भाइरसको महामारीबाट बच्न सो आह्वान गरेको हो ।

पत्रिका प्रकाशनमा कागजको अभाव, छापाखानाका कामदारसमेत क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले महामारीको प्रभाव नरोकिँदासम्म पत्रपत्रिका बन्द गर्न आह्वान गरिएको हो । पत्रपत्रिकाको काम बन्द गरी घरमै क्वारेन्टाइनमा रहन र घरबाटै सामाजिक सञ्जाल तथा अनलाइनमार्फत् समाचार सम्प्रेषण गर्न अध्यक्ष अवस्थीले सबै पत्रकारलाई अनुरोध गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“माइक्रोफोनमा बोल्दाखेरी थुकका छिटा माइक्रोफोनमा पर्ने र सोही माइक्रोफोन आफूतिर फर्काएर बोल्दा अन्तर्वाता लिने सञ्चारकर्मी पनि जोखिममा पर्नसक्ने भएकाले भिडभाड नगरी टेलिफोनबाटै सूचना लिएर समाचार सम्प्रेषण गर्न रेडियोकर्मी लगायतका पत्रकारलाई अनुरोध गर्दछु”, विज्ञप्तिमा भनिएको छ ।

बतासे झर्ना जान निषेध 

Global Ime bank

शुक्लाफाँटा नगरपालिका क्षेत्र भित्र रहेको पर्यटकीय क्षेत्र बतासे झर्ना जान निषेध गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यजनर गर्दै सोमबारदेखि सो पर्यटकीय क्षेत्रमा जान निषेध गरिएको हो । 
जिल्लाका मुख्य बजारहरु बन्द गरिएपछि परिवारसहित बतासे झर्ना पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेपछि सम्भावित संक्रमण रोक्न उक्त क्षेत्र जान निषेध गरिएको वडा अध्यक्ष बहादुर महराले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC