site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाको आशंकामा तीन बालक कान्ति अस्पतालको आइसोलेसनमा भर्ना
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोनाको आशंका तीन बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ । उनीहरुलाई आइतबार एकजना र सोमबार दुईजना गरी तीनजना बालक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालका निर्देशक डा. कृष्ण पौडेलले कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र आज भर्ना भएका बालकहरु क्रमश: साढे चार र चार वर्षका छन् । तीनै जनालाई आइसोलेसनमा राखेर उपचार भइरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएको १४ दिन नपुगेको र उनीहरुको सम्पर्कमा रहेका बालकहरुमा कोरोनाको लक्षण देखिएको भन्दै उनीहरुलाई अस्पताल ल्याइएको थियो," उनले भने, "आइतबार भर्ना भएका बालकमा निमोनियाँलगायतको समस्या देखिएको छ । ती बालकको रिपोर्ट मंगलबार आउँछ । आज भर्ना भएका बालकहरुको नमुना संकलन जनस्वास्थ्य प्रयोगशालाबाट बुधबार आउँछ ।

आइतबार आइसोलेसनमा भर्नाभएका बालकको बाबु दुबइबाट फर्किएका र सोमबार आइसोलेसनमा भर्ना भएका एक बालका काका चीनबाट र एक बालका बाबु कतारबाट फर्किएका पाइएको छ । त्यसपछि उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको रहेछ अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिए।

Global Ime bank

बालकहरुको बाबुहरुको अवस्थाबारेमा जानकारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई गरिएको छ ।

यसअघि कोरोनाको आशंकामा अस्पतालमा भर्ना भएका तीनजनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

त्यसैगरी, सरकारले कोरोना भाइरसको उपचार तथा परीक्षणका लागि कान्ति अस्पताल तोकेको छैन । तर अस्पतालले आफैंले व्यवस्थापन गरेर आइसोलेसन वार्ड भने सञ्चालन गरेको छ ।

आज स्वास्थ्य मन्त्रालयले सोमबार एकजनामा कोरोना भएको पुष्टि गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  २०:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC