site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दुर्घटनामा दुईको मृत्यु
Sarbottam CementSarbottam Cement

तुलसीपुर । दाङको विभिन्न स्थानमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार दिउँसो दाङमा यात्रुवाहक बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । काठमाडौँबाट दाङ आउँदै गरेको बा६ख ३९६७ नंको बस र लमहीबाट  पूर्वतर्फ जाँदै गरेको रा१ब ८१८ नंको  मोटरसाइकल गढ्वा गाउँपालिका–१ कालाकाटेमा ठोक्किँदा दुर्घटना भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा परी रोल्पाको गङ्गादेव  गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश पुनको मृत्यु भएको छ । रुकुम त्रिवेणी गाउँपालिका–२ खारा निवासी उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए  ।

त्यस्तै रोल्पा गङ्गादेव गाउँपालिकाका कम्प्युटर अपरेटर तुलसीपुर उपमहानगरपालिका–५ निवासी रमेश ओलीको पनि उपचारका क्रममा मृत्यु भएको छ । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो । 

Global Ime bank

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ का २५ वर्षीय अजय कवर, दङ्गीशरण गाउँपालिका–२ का २४ वर्षीया सन्ध्या ओली र बर्दिया बासगढी नगरपालिका–६ का १८ वर्षीय कृष्ण चौधरी रहेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  २२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC