Skip Advt.

कोरोना नियन्त्रण तथा रोकथामका लागि भाटभटेनीको एक करोड सहयोग 

कोरोना नियन्त्रण तथा रोकथामका लागि भाटभटेनीको एक करोड सहयोग 

काठमाडौं । सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’ मा भाटभटेनी सुपरमार्केटसले एक करोड सहयोग गर्ने भएको छ ।

कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष बनाउने निर्णय गरेको थियो ।

भाटभटेनी सुपरमार्केटसले पनि सोही कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने घोषणा गरेको हो ।

भाटभटेनी सुपरमार्केटसका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले मुलुक अप्ठेरोमा परेका बेला सरकार र नागरिकलाई सहयोग गर्नु आफ्नो दायित्व भएको बताउँदै उक्त कोषमा एक करोड जम्मा गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

“सरकारले अघि सारेको यो योजनामा भाटभटेनीका तर्फबाट एक करोड सहयोगको प्रतिवद्धता व्यक्त गरेको छु,” गुरुङले भने । 

भाटभटेनीले भूकम्पका बेलामा जस्तै ग्राहकहरुका लागि कोरोना संक्रमणका बेला पनि उपभोग्य सामग्रीको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै १० महिनाको लागि सम्पूर्ण प्रकारका खाद्यान्न उपलब्ध गराइरहेको छ ।

मन्त्रिपरिषदको बैठकले उक्त कोषमा सरकारका तर्फबाट ५० करोड रुपैयाँ सुरु पुँजी राख्ने निर्णय गरेको थियो ।

कोरोनासम्बन्धी जोखिम फैलिरहेको अवस्थामा अर्थतन्त्रमा पर्न सक्ने असर, पूर्वाधारमा लगानी गर्नुपर्ने भएकाले उक्त कोष स्थापना गरेको सरकारले जनाएको छ ।

कोषको यो रकम कोरोनासँग सम्बन्धित क्षेत्रमा पूर्वाधार तयार, स्वास्थ्य सामग्रीको आपुर्तिलगायतमा खर्च गरिने भएको छ ।


 

प्रतिकृया दिनुहोस
ad