site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
‘लकडाउन’ हुँदा के हुन्छ ? के गर्ने के नगर्ने ?
Sarbottam CementSarbottam Cement

सरकारले एक साताका लागि सीमा नाकामा आवागमन बन्द गरेपछि सोमबार बिहान गड्डाचौकी नाका खटिएका सुरक्षाकर्मीहरु । तस्बिर :  शेरबहादुर सिंह/रासस


काठमाडौं । कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न नेपालमा पनि ‘लकडाउन’ सुरु भएको छ ।

विभिन्न प्रदेश र स्थानीय तहले आफ्नो क्षेत्रमा ‘लकडाउन’ को घोषणा गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला, नगरपालिकासम्मले ‘लकडाउन’को घोषणा गरिसकेका छन् ।

संघीय सरकारले भने अहिलेसम्म ‘लकडाउन’ सम्बन्धी कुनै निर्णय भने गरेको छैन ।

Global Ime bank

के हो त ‘लकडाउन’ ? ‘लकडाउन’मा के हुन्छ ?

‘लकडाउन’ नेपालीका लागि नयाँ शब्द हो । यसअघि नेपालमा कहिले पनि ‘लकडाउन’ गर्नुपरेको थिएन ।

त्यसैले कतिपय सरकारी अधिकारीहरु पनि ‘लकडाउन’मा के हुन्छ भन्न सक्ने अवस्थामा छैनन् ।

“हामीले कसरी भन्नु, यो नेपालका लागि नयाँ विषय हो,” गृह मन्त्रालयको तयारीका सम्बन्धमा राखिएको जिज्ञासामा गृहका एक उच्च अधिकारीले बाह्रखरीसँग भने, “‘लकडाउन’ मा के गर्ने के नगर्ने भन्ने विषयको खाका स्वास्थ्य मन्त्रालय या उच्चस्तरीय समितिले नै गर्ला ।”

जानकारहरुका अनुसार यो कानुनी भन्दा पनि जनताकै हितमा सरकारले लिएको निर्णय हो । जो जहाँ छ, त्यहीँ बस्ने, अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कने, कतै नजाने, कसैसँग भेटघाट नहोस् भन्नका लागि नै ‘लकडाउन’ गरिएको हो ।

के हुन्छ त ?

नेपाल प्रहरीका एक अधिकारीका अनुसार ‘लकडाउन’ प्रहरीका लागि पनि नयाँ हो ।

“हामीले आपतकालीन सेवाबाहेकका सेवा सञ्चालन नगर्नुस् भनेर आग्रह गरेका छौं,” ती प्रहरी अधिकारीले भने, “यो एक खालको कर्फ्युजस्तै भए पनि त्यस्तो अवस्था भने होइन । यसमा हामीले बल प्रयोग गर्न मिल्दैन । हामीले विश्वमा फैलिएको महामारीले तपाईँलाई पनि असर गर्न सक्छ । त्यसैले बाहिर ननिस्कनुस्, घरभित्रै बस्नुस्, अनावश्यक भेटघाट नगर्नुस् भनेर सम्झाउने मात्रै हो । घरबाहिर निस्कनेलाई कारवाही नै गर्न भने मिल्दैन । यसमा पक्राउ गर्ने र कानुनी उपचार खोज्ने भन्ने पनि हुँदैन ।”

के छ त अन्तर्राष्ट्रिय प्रचलन ?

नेपालले भन्दा अघि धेरै मुलुकले मुलुकभर, विभिन्न क्षेत्रमा ‘लकडाउन’ घोषणा गरिसकेका छन् ।

चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना नियन्त्रणका लागि चीनले नै उक्त क्षेत्रमा कडा ‘लकडाउन’ घोषणा गरेको थियो ।

कोरोनाको प्रकोप बढेपछि यस्तो गर्नुपरेको थियो ।

चीन सरकारलवे त्यसबेला सम्पूर्ण यातायातका साधनहरुमा रोक लगाउनुका साथै मानिसहरुलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको थियो ।

कोरोनाले सबैभन्दा बढी असर गरेको इटलीमा पनि ‘लकडाउन’ गरिएको छ । इटली सरकारले आफ्ना ६ करोड नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएको छ । निर्देशन उल्लंघन गर्नेलाई तीन महिना जेल सजाय तोकिएको छ ।

स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्ररुपमा वृद्धि भएपछि ‘लकडाउन’ घोषणा गरिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले मानिसहरुलाई घरबाहिर ननिस्कन र अत्यावश्यकबाहेकका भेटवार्ता बन्द गर्न आग्रह गरेका छन् ।

फ्रान्स, साउदी अरेबिया, अष्ट्रेलिया, न्युजील्यान्ड, अमेरिकालगायतका मुलुकहरुमा पनि मानिसहरुलाई घरबाहिर ननिस्कन भनिएको छ ।

भारतका विभिन्न राज्यहरुमा ‘लकडाउन’ र जनता कर्फ्यू कायमै राखिएको छ ।

विश्वका सयौं मुलुकमा महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्ध तयारीका रूपमा हेरिएको ‘लकडाउन’ कुनै पनि मुलुकका लागि बाध्यात्मक परिस्थिति हो । अर्को शब्दमा भन्दा यो ‘होम क्वारेन्टाइन’को अवस्था हो ।

छिमेकी मुलुक भारतले पनि ‘लकडाउन’ कै स्वरूपमा ‘जनता कर्फ्यु’ लगाइसकेको छ ।

जानकारहरूका अनुसार अहिले हुने चर्चा भएको ‘लकडाउन’ कोरोनाको महामारी एक स्थानबाट अर्को स्थानसम्म नफैलियोस् भन्नका लागि अपनाइएको कठोर सुरक्षा नीति हो ।

‘लकडाउन’ पुरै मुलुकमा नभएर निश्चित क्षेत्रमा बढी प्रभावकारी मानिन्छ । ‘लकडाउन’ भएको अवस्थामा विभिन्न क्षेत्रको भौतिक सम्बन्ध निश्चित समयका लागि विच्छेद सम्भावना रहन्छ । जस्तो कि काठमाडौं उपत्यकालाई ‘लकडाउन’ गरियो भने उपत्यकामा रहेका व्यक्ति अत्यावश्यक काममा त्यो पनि अनुमति लिएर मात्रै अर्को स्थानमा जान पाउनेछन् । चीनको बुहानमा पनि यस्तै नीति अलबम्बन गरिएको थियो ।

गम्भीर महामारीका रूपमा देखिएको कोरोनाको संकटबाट जोगिन उपयुक्त तयारीका साथ गरिएको ‘लकडाउन’ प्रभावकारी हुने जानकारहरू बताउँछन् ।

‘लकडाउन’ को मुख्य उद्देश्य भनेकै मानिसको भीड कम गर्नु हो । त्यही नीतिअनुसार नेपालमा पनि सरकारले यसअघि नै २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ । 

यसबाहेक स्कुल, कलेज, डान्सबार, जिम, सिनेमा हल, सभा समारोह पनि तत्कालका लागि स्थगित भइसकेका छन् ।  शुक्रबारबाट देशभरका अदालतसमेत बन्द भएका छन् । सार्वजनिक यातायातमा पनि सुरक्षा अपनाइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC