site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना रोकथामका लागि सरकारले अहिलेसम्म के–के गरेको छ ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत मंगलबार फ्रान्सबाट कतार हुँदै नेपाल आइपुगेकी एक युवतीमा कोरोना पुष्टि भएको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अहिले उनलाई शुक्रराज सरुवा रोग अस्पतालमा आइसोलेसनमा राखी उपचार सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पत्रकार सम्मेलनमा भने, “निजको परिवारका सदस्यलाई होम क्वारेन्टाइनमा राखिएको जानकारी गराइन्छ । निजको उपचार यस सम्बन्धित अन्य व्यवस्थापन मापदण्डअनुरुप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भैरहेको छ ।”

अहिलेसम्म कोरोना संक्रमण रोकथामका लागि सरकारले पछिल्ला दिनमा के के गरेको छ त ?

Global Ime bank

सातदिनसम्म नेपालका सबै अन्तर्राष्ट्रिय नाका बन्द 

देशभित्र लामो दूरीमा चल्ने सवारीसाधन बन्द 

सिनेमा हल सहित बढी मानिस भेला हुने स्थान बन्द 

२५ भन्दा बढी भेला हुन नपाइने 

सावधानीबारे सञ्चारमाध्यममा सूचना

भ्रमपूर्ण सूचना प्रवाह गर्नेलाई कारवाही

विदेशबाट आएका सबैलाई अनिवार्य होम क्वारेन्टाइन 

कोरोनाको लक्षण देखिएका नागरिकलाई आइसोलेसनमा राखी नमुना परीक्षण 

६० वर्षभन्दामाथिका नागरिकको नमुना परीक्षण गर्ने व्यवस्था 

७१ जना नागरिक खरिपाटीस्थित क्वारेन्टाइनमा

सम्भावित संक्रमित बिरामीको उपचारका लागि उपत्यकामा एकहजार बिरामी शैया, १२० आईसीयू, प्रदेशमा १२५ आईसीयू थप्ने कार्य सुरु

विस्तारित स्वास्थ्य सेवा हाललाई स्थगित

नियमित फलोअपमा आउने बिरामी (तत्काल उपचार नगर्दा जोखिम नहुने) लाई दुईसाता फलोअपमा नबोलाउने 

तत्काल नगरे पनि हुने शल्यक्रिया दुईसाता स्थगन गर्ने 

करिब ६ सयको नमुना प्रयोगशालामा परीक्षण

चैत ४ गते कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना पुष्टि 

उनका परिवारका सदस्यलाई होम क्वारेन्टाइनको व्यवस्था 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC