site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विराटनगरमा भोलिदेखि अनिश्चितकालीन ‘लकडाउन’
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिका भोलि मंगलबारदेखि अनिश्चितकालीन लकडाउन घोषणा गरेको छ । 

महानगरपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकले निर्णय गरी उद्योगी, व्यवसायी र सम्बन्धित सरोकारवालासँग छलफल गरेर महानगरले लकडाउन घोषणा गरेको हो । कार्यपालिकाको बैठकको विषयमा ती संघसंस्थाका प्रतिनिधिसँग महानगरले छलफल चलाएको महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले भने, ‘‘जनताको स्वास्थ्यलाई ख्याल गर्दै र कोरोनाको सम्भावित संक्रमण रोक्न लक डाउनको निर्णय गरिएको हो ।’’ पराजुलीले अति आवश्यक सेवा भने सुचारु हुने जनाएका छन् । अस्पताल, औषधि पसल, खाद्यान्न, दूध, सागसब्जी, खानेपानी बिक्रीवितरण तथा उपलब्ध गराउने क्षेत्र खुला हुनेछन् । तर, तत्काल आवश्यक नपर्ने क्षेत्रलाई बन्द गरिनेछ ।

महानगरबासीलाई आवश्यक परेको सहयोग गर्न सहजीकरण गर्ने प्रमुख पराजुलीले बताएका छन् ।

Global Ime bank

महानगरभित्र मंगलबारदेखि नै उद्योग, कलकारखाना र पशल बन्द गर्ने, सवारी साधन नचलाइने निर्णय भएको छ । ‘‘तर, अस्पताल जानु परेमा वा मरिमराउ भए यातायातका साधन प्रयोग गर्न सकिनेछ’’, पराजुलीले भने, ‘‘तर, यसो सहरतिर टहलिन्छु मोटरसाइकलमा विराटनगर घुम्छु भन्न पाइन्न ।’’ पराजुलीले संकटको यो बेलामा गरिएको यो लकडाउन जनताले जनताकै लागि गरेको दाबी गरे ।

नगरबासीले आफ्नो सुरक्षाका लागि स्वयम्ले गरेको रुपमा बुझ्न उनले आह्वान पनि गरेका छन् । 

पराजुलीले भने, ‘‘घरमै बसौं । बाहिर ननिस्कऔं । अति आश्वयक परे इमरजेन्सी सेवाबाहेक हामी पनि सहयोग गर्छौं ।’’ उनले स्थानीय मात्र नभएर प्रदेश र संघीय सरकार पनि साथै रहेकोले नअत्तलिन महानगरवासीलाई आह्वान गरे । 

भने, ‘‘सबैतिरबाट सहयोग हुन्छ । तीनवटा सरकार तपाइँहरूको साथमा छ ।’’ पराजुलीले यो संकटको बेला कालोबजारी गर्ने, सामान लुकाउने र अभाव सिर्जना गर्ने जस्ता काम नगर्न पनि आग्रह गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC