site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चितवनमा पनि भेटिए घरभाडा निःशुल्क गर्ने मनकारी
Sarbottam CementSarbottam Cement

चितवन । काठमाडौंमा घरभाडा निःशुल्क गर्ने र आइसोलेसन वार्डका लागि निःशुल्क गर्ने मनकारी देखिएसंँगै चितवनमा पनि घरभाडा निःशुल्क गर्ने व्यक्ति भेटिएका छन् ।

देशको विषम् परिस्थितिलाई मध्यनजर गर्दै खैरहनी नगरपालिका ८, पाथीभरा कम्प्लेक्सका सञ्चालक सागर अधिकारीले आफ्ना कम्प्लेक्सका १९ वटा सटरको भाडा निःशुल्क गर्ने आज (सोमबार) घोषणा गरेका हुन् । उनीसंँगै यो कम्प्लेक्सका साझेदार अनिल श्रेष्ठ, वासु डल्लाकोटी, रसिक पाण्डे रहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

सञ्चालक पाण्डेले बाह्रखरीसँग भने, “हामीले अहिले तत्काल एक महिनाका लागि निःशुल्क गर्ने निर्णय गरेका हौं, अवस्था अनुकूल नभए अन्य महिनाका लागि पनि थप गर्दै लग्नेछौं ।” अधिकारीका अनुसार प्रतिमहिना एक लाख २५ हजार उक्त कम्प्लेक्सबाट भाडा संकलन हुँदै आएको छ । चैतबाटै लागु हुने गरी सम्पूर्ण भाडा निःशुल्क गरिएको अधिकारीले जानकारी दिए ।

कम्पेल्क्समा अहिले, होटल, ब्युटीपार्लर, कपडा पसललगायत १२ व्यवसाय सञ्चालन हुँदै आएका छन् । सञ्चालकहरूले केही वर्ष अघिदेखि सो स्थानमा जग्गा भाडामा लिएर कम्प्लेक्स सञ्चालन गर्दै आएका थिए । भाडा निःशुल्क घोषणा गरेसंँगै सामाजिक सञ्जालमा उनको प्रशंसा गर्नेको ओइरो लागेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १५:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC