site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
क्वारेन्टाइनका लागि राखेपले भौतिक संरचना प्रयोग गर्न दिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले क्वारेन्टाइनका लागि भौतिक संरचनाहरु प्रयोग गर्न दिने भएको छ ।

सोमबार प्रेस विज्ञप्ति निकाल्दै राखेपले आफ्नो मातहत रहेका संरचनालाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सकिने जनाएको हो । आवश्यक परेको खण्डमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालासहितका भौतिक पूर्वाधारलाई प्रयोग गर्न सकिने जनाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै सातदोबाटोको खेलकुद परिसर, मूलपानी क्रिकेट मैदान, कीर्तिपुरको टीयू मैदान, च्यासल मैदान, सानो गौचरनलगायत मैदान र सातै प्रदेश तथा जिल्लाका भौतिक पूर्वाधारलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

राखेपले यसअघि एक साता सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको थियो । तर सरकारले वैशाख १८ गतेसम्मका लागि रंगशालासहित सबै खेल स्थल बन्द गर्ने निर्णय गरेपछि खेलकुद गतिविधि पूर्ण रूपमा स्थगित भएका थिए ।

Global Ime bank

राखेपको विज्ञप्ति :
राष्ट्रिय खेलकुद परिषद्को अनुरोध 
विश्वव्यापी महामारीको रूपमा देखा परेको कोराना भाइरस कभिड–१९ संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको अपिल व्यवहारिक रुपमा पालना गर्न राष्ट्रिय खेलकुद परिषद् आमजनसमुदाय हार्दिक अनुरोध गर्दछ । साथै कोराना संक्रमणको रोकथामका लागि जागरुप गराउन खेलकुद क्षेत्रमा आवद्ध सबैमा परिषद् अपिल गर्दछ । ‘सरकारले गरेको निर्णय अनुसार क्वारेन्टाइन निर्माणका लागि आवश्यक पर्ने राष्ट्रिय खेलकुद् परिषद् अन्र्तगत उपत्यकामा रहेको दशरथ रंगशाला,सातदोबाटो खेलकुद परिसर,मुलपानी,किर्तिपुर,च्यासल,सानोगौचरनलगायत सातै प्रदेश तथा जिल्ला अन्र्तगत रहेका भौतिक पूर्वाधार प्रायोग गर्नु हुन परिषद् हार्दिक अनुरोध गदै कोराना संक्रमणको रोकथामका लागि राष्ट्रिय खेलकुद परिषद् ऐक्यबद्धता ब्यक्त गर्दछ ।
कुलवहादुर थापा 
प्रवक्ता एवं विभागीय प्रमुख
राष्ट्रिय खेलकुद परिषद्

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC