देश
काठमाडौं । गुठीसम्बन्धी रायसुझाव पेस गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ । चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीका विषयमा सरोकारवाला, गुठियार तथा जनप्रतिनिधिहरुसँग आवश्यक परामर्श गरी प्रस्तावित गुठी विधेयकमा राय सुझाब पेश गर्न समिति गठन गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६ १४:४७
प्रतिक्रिया दिनुहोस्