site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सेल्फ क्वारेन्टाइनमा कलाकार : भन्छन्– कोरोना भाइरसलाई सामान्य रुपमा नलिऔं  
Sarbottam CementSarbottam Cement

काठमाडौं । नायक विपिन कार्की घरबाट बाहिर नस्किएको तीन दिन भयो । सरकारले भीडभाडमा ननिस्कन गरेको आग्रहलाई अक्षरस पालना गर्दै उनी घरबाहिर ननिस्कएका हुन् । 

“भन्नलाई सेल्फ क्वारेन्टाइन भनिएको छ । तर साथीभाई, छरछिमेक, चिया खान जाने भन्ने र भेटिरहेको पाइयो,” विपिन भन्छन्, “तर दैनिक काम नगर्दैमा सेल्फ क्वारेन्टाइन हुँदैन । सबै सुरक्षित भएर बस्नुपर्‍यो ।”

कलाकार तथा निर्देशक दीपकराज गिरी पनि सेल्फ क्वारेन्टाइन मै बसेका छन् । थुप्रै दिन भइसक्यो उनले भेटाघाट बन्द गरेको । बिहान सबेरै मर्निङवाक जानेबाहेक उनी घरबाट निस्किँदैनन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“बिहान मर्निङवाक मात्रै हो । त्यो पनि पञ्जा, माक्स र हातमा सेनिटाइजर लगाएर मात्रै जान्छु,” दीपकराज भन्छन्, “मैले त पर्‍याप्त सुरक्षा अपनाएको छु, तपाईंहरु पनि भेटघाटलाई बन्द गरेर सुरक्षित हुनुस् ।”

नायिका केकी अधिकारी पनि घरबाट बाहिर ननिस्कएको आज तेस्रो दिन हो । चलचित्र हेर्ने, पुस्तक पढ्ने र परिवारलाई समय दिएर उनले दिन बिताइरहेकी छिन् । 

Global Ime bank

“हेर्न मन लागेका तर नभ्याएर हेर्न नपाएका चलचित्र अहिले हेरिरहेको छु । केही चलचित्र दोहोर्याएर पनि हेरिरहेको छु,” केकी भन्छिन्, “घर सफा गर्ने, घरको काम गर्ने, परिवारसँग बसेर समय बिताइरहेको छु ।” 

घर बाहिर ननिस्किन तथा अत्यावश्यक परे पूर्ण सुरक्षा अपनाएर मात्रै निस्किन उनको सुझाव छ । “हामीसँग यसै पनि स्रोत साधनको अभाव छ, त्यसमाथि कोरोनाको त्यस्तो कुनै औषधि छैन । त्यसैले पनि हामीले अपनाउने सावधानी नै हो,” उनी भन्छिन्, “घरबाट कोही पनि बाहिर नजाऔं, भेटघाट बन्द गरौं ।” 

नायिका करिष्मा मानन्धर घरबाट बाहिर ननिस्कएको आज छ दिन भयो । परिवारसँग बस्ने र चलचित्र हेर्ने उनको अहिलेको दैनिकी हो । 

“फागु देखि नै म त्यति धेरै बाहिर निस्किएको छैन । कलेज जाने र घरको दैनिक काम मात्रै गर्दै थिएँ,” करिष्मा भन्छिन्, “आज केही साथीहरु मलाई तिम्रो घर आउँछु भन्दैथिए । तर मैले उहाँहरुलाई नआऊ घरमै सुरक्षित भएर बस भनेँ ।” 

उनले कोरोना भाइरसलाई नेपालमा सामान्य रुपमा लिइएको भन्दै यसलाई गम्भीर रुपमा लिइनुपर्नेमा जोड दिइन् । संक्रमण फैलिए पछि रोकथाम गर्न कठिन हुने भन्दै बेलैमा सुरक्षा अपनाउन उनको आग्रह छ ।

अभिनेता दयाहाङ राई अत्यावसेक काम नपरेसम्म बाहिर ननिपस्क्किन आग्रह गर्छन् । माक्स तथा सेनिटाइजरको मात्रै प्रयोग गर्न आग्रह गर्दै उनी भीडभाडमा जनान सुझाव दिन्छन् ।  

“कम्तीमा अबको १५ दिन बाहिर ननिस्कियौं,” उनी भन्छन्, “सरकारले दिएको निर्देशन पालना गरौं । सरकारलाई सहयोग गर्दै आफू पनि सुरक्षित गरौं ।” 

नायिका तथा निर्देशक झरना थापा पनि कोरोनाको जोखिमका कारण चलचित्रको छायांकन रोकेसँगै भेटघाटलाई पातलो पारेकी छिन् । 

“आजसम्म त आफन्तसँग भेटघाट भइरहेको थियो । तर आज कोरोना पोजेटिभ भेटिएको समाचार आएसँग अब परिवारबाहेक अरुसँग भेटघाट गर्दिन,” झरना भन्छिन्, “अरुलाई पनि होसियार हुन मेरो आग्रह छ । 

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले आज पुष्टि गरिएको छ । कतारबाट आएकी नेपालीमा कोरोना देखिएपछि उनीसँगै आएकाहरुको खोजी कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन् ।

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १४:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC