site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौंमा कोरोना संक्रमित फेला, महिलासँगै आएकाहरुको खोजी गरिँदै
Ghorahi CementGhorahi Cement

काठमाडौं । फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक महिलामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिएको छ । कतारबाट आएकी नेपालीमा कोरोना देखिएपछि उनीसँगै आएकाहरुको खोजी कार्य भइरहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली नागरिकमा कोरोना पोजिटभ भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन् । 

Agni Group

विदेशबाट आएका ६०० जनाको कोरोना परीक्षणका क्रममा एकजनालाई कोरोना भएको पाइएको मन्त्रालयले जानकारी दिएको छ । यसअघि आइतबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको पत्रकार सम्मेलनमा भने ६१२ जनालाई कोरोना परीक्षण गरेको तर, कसैलाई पनि कोरोना पोजेटिभ नदेखिएको बताएको थियो । 

गत मंगलबार नमुना संकलन गरिएको उनीलाई आइतबार पोजेटिभ देखिएको बताइएको छ । 

Global Ime bank

उनलाई हाल टेकु अस्पतालमा राखेर उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको बताइएको छ । 

उनका आफन्तलाई होम-क्‍वारेन्टाइनमा राखिएको र नमुना संकलन गरिएको छ ।

यसअघि माघ ९ गते चीनबाट आएका एक नेपालीमा पनि कोरोना देखिएको सरकारले पुष्टि गरेको थियो । उनलाई अहिले उपचारपछि निको भएको छ ।   
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १३:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC