site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सरकारको आह्वानलाई नागरिकस्तरमा असहयोग र अटेर !
Sarbottam CementSarbottam Cement

विराटनगर । संकटका बेला सरकारलाई नागरिकले पनि सघाउने हो । सरकारको एक्लो प्रयासले मात्र विपत्ती टर्ने होइन । अहिले कोरोना संक्रमणको सम्भावना टार्न संघीय, प्रदेश र स्थानीय सरकारले सक्दो प्रयास गरिरहेका छन् । 

तीन तहकै सरकारले नागरिकलाई पनि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्न र रोगको महामारी फैलन नदिन आह्वान गरेका छन् । तर, व्यवहारमा हेर्दा भने सरकारको यो आग्रहलाई नागरिकस्तरमा बेवास्ता मात्र होइन अटेरी नै गरे झैं देखिन्छ । 

प्रदेश १ को राजधानी विराटनगरको हाल हेर्दा यहाँ नागरकिको सहयोग भेटिँदैन । सरकारी तवरबाट रोग नियन्त्रण र जनचेतनामा प्रयास त थालिएको छ । तर नागरिकस्तरमा भने ‘रोग केही होइन, नेपालमा आउँदैन’ भन्नेसम्मको मानसिकता पाइएको छ । मानिसहरू बिनाकाम बजारमा ओहोर–दोहोर गर्ने, भीड हुने, हाटबजारमा समूहमै बसेर कुराकानी गर्ने तथा काम नपर्दा पनि सवारी साधन लिएर बरालिएर हिंड्ने जस्ता व्यवहार गरेको पाइएको छ । धेरै मानिसले मास्क प्रयोग नगर्ने र व्यक्तिगत सरसफाइमा समेत ध्यान नदिएको पाइन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारको निर्णयपछि सोमबारदेखि भारत सीमाको जोगबनी नाका बन्द छ । तर, सीमावर्ती रानीसहित विराटनगरका मुख्यचौक, बजार र गल्लीहरूमा मानिसको उत्तिकै भीड देखिन्छ । सरकारले अत्यावश्कबाहेकका सेवा बन्द गर्ने घोषणासमेत गरिसकेको छ । 

विराटनगरमा दैनिक जीवनमा तत्कालै आवश्यक नपर्ने सरसामान बिक्री हुने पसल अझै निर्वाध चलिरहेका छन् । खासमा मोरङ व्यापार संघ र विराट व्यापार संघले समेत व्यापार चौपट हुने भन्दै यसबारे आफ्ना सदस्यलाई के गराउने भन्ने निर्णय लिन सकेका छैनन् । बरु सेनिटाइजर वितरणसम्म भने गरेका छन् ।

Global Ime bank

विराटनगर महानगरपालिकाले हाटबजार बन्द गर्न शनिबार नै सूचना गरेको थियो । तर, त्यसयता पनि सडक र नहरका किनारमा लाग्ने साप्ताहिक हाटमा मानिसको उत्तिकै भीड देखिन्छ । पशल थाप्नेहरू आएकै छन् । जोखिमपूर्ण तरिकाले किनमेल भईरहेकै छ । आइतबार अपरान्ह विराटनगर १२ रानीको साप्ताहिक हाटमा मानिसको ठूलो भीड देखिन्थ्यो । महानगरका नगरप्रहरी खटिएपनि उनीहरूले मानिसको भीड रोक्न सक्ने अवस्था देखिएको थिएन । 

प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले साप्ताहिक बजारलाई पूर्णतः बन्द गर्न अब कडाई गरिने बताएका छन् । कार्की भन्छन्,‘‘सरकारले सीमा नाका बन्द गरेको छ । ठूलो संख्यामा हुने आवतजावत अब रोकिएका छन । अब हामी साप्ताहिक हाटलाई कडाइसाथ बन्द गर्दैछौं ।’’ कार्कीले सरकारले गरेको प्रयासमा नागरिकको सहयोग अपरिहार्य भएको बताए ।

बजार बन्द गर्न महानगरले सूचना नै जारी गरिसकेको तर अटेर गर्नेलाई अब कार्वाही गर्ने विराटनगर महानगरपालिकाले तयारी थालेकोछ । महानगरका प्रमुख भीम पराजुलीका अनुसार हाटबजारमा धेरै भीड नगर्न आग्रह गरिएसकेकोेले अब अटेरगर्नेलाई कार्वाही हुनेछ । पराजुलीले भने,‘‘धेरै भीडमा नजान र समूहमा जम्मा नहुन नगरिकले पनि जागरुकता देखाउनु पर्छ । सबै काम सरकारले मात्र गरेर कहाँ सक्ने हो र ?’’ पराजुलीले महाविपत्ती र संकटका बेला सबैको सहयोग प्रयास जरुरी भएको सुनाए । 

अति आवश्यकबाहेकका पसल निर्वाध !
विराटनगरमा मानिसको दैनिक जीवन संचालनमा आई पर्ने बाहेकका पसल निर्वाध संचालन भइरहेका छन् । विद्यालयहरू बन्द छन् तर विराटनगरका पुस्तक पसल खुलै छन् । भाँडावर्तन, कपडा, जुत्ता, खेलौना,घडी, मोबाइल आदि धेरै पसल बिहानैदेखि खुल्दै आएका छन् । सौन्दर्य प्रशासन र सैलुन पनि खुला छन् । ती ठाउँहरूमा मानिसको समूहगत भीडभांड देखिन्छ । विराटनगरको मेनरोड, जलजला रोड, ट्राफिक चौक, रोडशेष चौक, तीनपैनी चौक, बरगाछी, कन्चनबारी जस्ता ठाउँहरू पनि भीडभांडयुक्त देखिन्छ । 

यता, प्रदेश सरकारको मन्त्रिपरिषद्ले भारतको साना सिमानाका बन्द गरी सुरक्षा निगरानी बढाउने निर्ण गरेको छ । विराटनगरमा नेशनल ट्रेडिङ कम्पनीको खाली भवनमा ५० शैयाको अस्पताल बनाउने तयारी थालिसकेको छ । यसैगरी विराटनगर महानगरपालिकाले ठाउँठाउँमा हातधुन साबुन पानीको व्यवस्थापन गर्नेदेखि सेनिटाइजरको समेत प्रबन्ध गरेको छ । 

‘‘व्यवसायिक आचार संहिताभित्र रही आमनागरिकको दैनिक जीवनयापनका लागि आवश्यक दैनिक उपभोग्य वस्तु, औषधि लगायत अत्यावश्यक वस्तुहरूको पारदर्शी र निष्पक्ष रुपमा बिक्री वितरण गरी सहज रुपमा उपलब्धता गराउन उद्योगी÷व्यवसायीमा अनुरोध गर्दछु । साथै वर्तमान जटिल अवस्थालाई मनन गरी यसको न्यूनिकरणका लागि आ–आफनो उद्योग/व्यवसाय परिसरमा पर्याप्त सुरक्षाका उपायहरू अवलम्वन गरी कोरोना भाईरसको संक्रमणबाट वच्न अपनाउनु पर्ने सावधानीहरूका बारेमा सचेतनामूलक सामग्री राख्न समेत उद्योगी÷व्यवसायीमा अनुरोध गर्दछु’’ भन्ने व्योहोराको प्रेस विज्ञप्ति उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले प्रकाशित गरेका छन् । घिमिरेले केही दिन बन्द गर्दा फरक नपर्ने पशल वा उद्योगको विषयमा भने प्रस्ट्याएका छैनन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कोरोना जोखिमबाट बच्न नागरिक आफै पनि सचेत र सतर्क हुनुपर्ने सुझाव दिएका छन् । कोइराला भन्छन्, “सरकार त सहयोगी मात्र हो धेरै सावधानी त नागरिकले गर्नुपर्छ ।” उनले अहिलेको जोखिमबाट निस्कनको लागि सबै तह, तप्का र क्षेत्रको सहयोग अहपरिहार्य भएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC