site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा ‘जुनुको जुत्ता’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली फिल्म ‘जुनुको जुत्ता’ विश्वकै प्रतिष्ठित र पुरानो फिल्म फेस्टिभल ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’मा छनोट भएको छ । 

विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म पनि छनौटमा परेको हो । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनोट भएको हो । 

विश्वभरबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एक सय फिल्म छनोट हुँदा एसियाबाट १९ फिल्म छनोटमा परेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिस्पर्धाबाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनोट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनोट भएको हो । 

फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ । यस महोत्सवको लागि हरेक वर्ष करिब सात हजार फिल्महरुको आवेदन पर्ने गरेको छ । छनोट भएको सय फिल्म, जर्मनी प्रतिष्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करिब पाँच सय फिल्महरुको प्रदर्शन गरिन्छ । महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरहरुको जमघट हुने गरेको छ । 

Global Ime bank

२०७६ चैत १० गते
काठमाडौं ।

प्रेस विज्ञप्ती :
नेपाली फिल्म ‘जुनुको जुत्ता’ विश्वकै प्रतिष्ठित र पुरानो फिल्म फेस्टिभलमा छनौट

विश्वकै प्रतिष्ठित र पुरानो अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’को ६६ औं संस्करणमा नेपाली फिल्म पनि छनौटमा परेको छ । केदार श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘जुनुको जुत्ता’ ओवरहउसेनको २०२० को संस्करणमा छनौट भएको हो । 

विश्वभरीबाट आवेदन गरेको ६५ सयभन्दा बढी फिल्महरुबाट उत्कृष्ट एक सय फिल्म छनौट हुँदा एसियाबाट १९ फिल्म छनौटमा परेको छ । जसमा यसपटक नेपालको चलचित्र महोत्सवहरुमा पुरस्कृत भइसकेको फिल्म ‘जुनुको जुत्ता’ छनौट भएको हो । 

सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेनमा जर्मनी प्रतिष्पर्धा बाहेक अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा एक सय फिल्म छनौट गरिन्छ । जसमा ‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधा अन्तर्गत छनौट भएको हो । 

फेस्टिभल ओवरहउसेनलाई सर्ट फिल्मको सबैभन्दा सम्मानित र विशिष्ट महोत्सवको रुपमा लिइन्छ । यस महोत्सवको लागि हरेक वर्ष करिब सात हजार फिल्महरुको आवेदन पर्ने गरेको छ । छनौट भएको सय फिल्म, जर्मनी प्रतिष्पर्धा, विशेष प्रदर्शन तथा अन्य विविध विधामा गरी करिब पाँच सय फिल्महरुको प्रदर्शन गरिन्छ । महोत्सवमा ११ सय भन्दा बढी अन्तर्राष्ट्रिय फिल्म मेकरहरुको जमघट हुने गरेको छ । 

सिंगापुर फेस्टिभलमा पनि ‘जुनुको जुत्ता’
त्यस्तै अर्को प्रतिष्ठित महोत्सव ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल २०२०’ मा पनि ‘जुनुको जुत्ता’ छनौट भएको छ । ‘बिग आइज बिग माइन्डस्’ नामले चिनिने यस फेस्टिभलको दशौं संस्करणमा ‘जुनुको जुत्ता’ लाइभ–एक्सन सर्ट फिल्म विधा अन्तर्गत छनौट भएको हो । 

‘बिग आइज बिग माइन्डस्ः सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’ बालबालिकाप्रति समर्पित सिंगापुरको पहिलो र एकमात्र चलचित्र महोत्सव हो । यस महोत्सवमा बालबालिकालाई शिक्षित तथा समृद्ध बनाउन र जीवनप्रति प्रेरित गर्न संसारभरका विविध र कल्पनाशील चलचित्रहरुको प्रदर्शन र प्रतिष्पर्धा गरिन्छ । 

जुनुको जुत्ताबारे
‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो । आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ । 

यस फिल्मले काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव २०१९ मा नेपाल पनोरमा अन्तर्गत ‘बेस्ट फिक्सन अवार्ड’ जितेको थियो भने गत माघमा भएको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२० मा ‘स्पेसल जुरी मेन्सन अवार्ड’ लिएको थियो । 

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन् । विभु पौडेल क्रियटिभ प्रोड्युसर रहेको फिल्ममा सरुन मानन्धरको सिनेमाटोग्राफी छ । विप्लपराज पोखरेल सम्पादित फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, शुशीला अधिकारी, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् । 
फिल्ममा सोलुखुम्बुकी ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा लगायतको अभिनय छ । 

छनौटपछि निर्देशक केदार श्रेष्ठ 
रङ्गकर्ममा र लेखनमा रमाइरहेको बेला फिल्मबाट कथा भन्ने प्रयास मैले यसै फिल्मबाट गरेको हुँ । साना नानीहरुको सम्मानार्थ यो कथा छानेको थिएँ । अहिले यही कथा विश्वप्रशिद्ध र सम्मानित महोत्सवमा छनौट हुँदै पछिल्लो साय नेपाली फिल्मले अन्तर्राष्ट्रिय जगतमा पारिरहेको प्रभावमा आफू पनि सम्मिलित हुन पाउँदा अत्यन्तै खुशी छु । 

छनौटपछि क्रियटिभ निर्माता विभु पौडेल 
जुनुको जुत्ता ६६ औं इन्टरनेशनल र्टि फिल्म फेस्टिभल ओबरहउसेनमा छानिनु हाम्रो लागि निकै गौरवको कुरा हो । नेपालमा जुन पद्धतीद्वारा बालबालिकालाई ज्ञान दिइन्छ, त्यो सबैको अनुकुल नहुन सक्छ, कोही आफ्नै तरिकाबाट पनि सिक्न सक्छन् । यसी कथा विश्वभरीबाट आउने दर्शकसामू देखाउने पाउँदा निकै खुशी छौं । हामीलाई आशा छ हाम्रो फिल्म अन्तर्राष्ट्रिय दर्शकले पनि मन पराउननेछन् । 

छनौटपछि कार्यकारी निर्मातामध्येबाट मधुसुदन रिमाल
नेपालमा बालबालिकाको विषयले प्राथमिकता कम पाइरहेको बेला बालबालिका केन्द्रित दृष्टिकोणबाट यो विषयमा चासो लिएका हौं । यसले बालबालिकाका लागि र सिनेमा जगतका लागि योगदान गर्न सक्छ भन्ने विश्वासका साथ ‘जुनुको जुत्ता’को निर्माण गरेका हौं । अहिले प्रतिष्ठित महोत्सवसम्म पुग्दा यसले सार्थकता पाएको छ । 

फेस्टिभल मिति र कोरोना प्रभाव
आउँदो मे १३ देखि १८ सम्म हुने ६६ औं फेस्टिभल ओवरहउसेन २०२० को निर्धारित मिति विश्वभरी महाभारीको रुपमा फैलिएको कोभिढ १९ को कारण हाललाई स्थगित गरिएको छ । ओवरहउसेनले अनलाइनमार्फत फेस्टिभल आयोजना गर्ने वा अर्को मिति तय गर्ने विषयमा निर्णय लिदैछ । 
यता सिंगापुर फेस्टिभलले भने आफ्नो निर्धारित मिति जुन महिनलाई हालसम्म कायम राखेको छ । 

–    अन्त्यमा कोरोनाले दुःखद प्रभाव पारिरहेको बेला यो सुखद समाचार यहाँहरुलाई दिन पाउँदा हामी थोरै भए पनि खुशी छौं । यस समाचरलाई आम जनमानसमा पुर्‍याउनका लागि नेपाली मिडिया र मिडियाकर्मीहरुलाई आग्रह गर्दछौं ।
कोरोनाबाट सुरक्षित रहौं, सुरक्षित रहन सघाऔं । धन्यवाद
 .......
सुशान्त श्रेष्ठ
फेस्टिभल पब्लिसिष्ट
जुनुको जुत्ता
९८०१०७३९०८
निर्देशक सम्पर्कः ९८४१५९५९५६

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC