site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना भाइरसको संक्रमण हुन नदिन जनता कर्फ्यु उपयुक्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । कलाकार दीपकराज गिरीले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिमबाट बच्न जनता कर्फ्युकाे आवश्यकता रहेको बताएका छन् । 

रोग लाग्न दिनुभन्दा रोगको बाटो छेक्नु नै उपयुक्त भएको भन्दै अहिले नै जनता कर्फ्यु लगाए कोरोनाको सं    क्रमणको जोखिम कम हुने उनी बताउँछन् । भारतले यसको प्रयोग गरिसकेको अवस्थामा नेपालमा पनि सान्दर्भिक हुने उनको भनाइ छ । 

“सीमित स्रोत र साधनका कारण संक्रमण फैलिएको अवस्थामा त्यसको न्यूनिकरण कठिन हुन्छ,” दीपकराज बाह्रखरीसँग भन्छन्, “संक्रमण लाग्नुभन्दा अगाडि नै सचेतना अपनाउँदै एकअर्काबाट टाढा रहन सकियो भने पछि पछुताउनै पर्दैन । करिब करिब सबै बाह्य गतिविधि ठप्प भएको अवस्थामा जनता कर्फ्यु लगाउँदा राम्रो हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले सरकारले दिएको निर्देशन पालना गर्न आग्रह गर्दै घरमै बस्न सबैसँग आग्रह गरे । परिवारसँग बस्न आग्रह गर्दै उनले कुन दिन के गर्ने तालिका बनाएर काम गर्न सुझाव दिए । 

“कुन दिन के गर्ने हो एक हप्ताको सेड्युल बनाउँदा दिन कटाउन गाह्रो हुँदैन । कुन दिन चलचित्र हेर्ने, कुन दिन गीत सुन्ने, कुन दिन लुँडो खेल्ने र कुन दिन पढ्ने तालिका बनाएर त्यही अनुसार चल्ने हो भने घरमै बस्न कठिन हुन्न,” दीपकराज भन्छन् । 

Global Ime bank

कोरोना भाइरसबाट कसरी बच्ने भन्नेबारे चेतना जगाउनु कलाकारको दायित्त्व भएको भन्दै उनले हरेक दिन केही न केही सन्देश लिएर आउने उनले बताए । 

चलचित्र ‘छक्का पञ्जा’को टिम बसेर कोरोना बिरुद्ध चेतना फैलाउने भिडियो निर्माण गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । 

यो फुर्सदका समयलाई परिवारसँग बस्ने अवसरका रुपमा प्रयोग गर्नुपर्नेमा उनको जोड छ । काम विशेषले परिवारलाई समय दिन नसकेकाहरुले पनि परिवार तथा आफन्तसँग बसेर समय व्यथित गर्ने अवसरका रुपमा लिनु पर्ने उनी बताउँछन् ।  

रोगप्रतिरोधात्मक शक्ति बढाउने भिटामिन सि जन्य कागती, सुन्तला जस्ता फलफूल तथा खाद्यय पदार्थ खान सुझाव दिएका कलाकार गिरीले भ्रम फैल्याउने समाचारका पछि नलाग्न पनि आग्रह गरेका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC