site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘१० दिन घरमै बसौँ, सकेसम्म सवारी पनि नचलाऔँ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । ट्राफिक प्रहरीले कम्तिमा पनि १० दिन घरमै बस्न आग्रह गर्दै सकेसम्म सवारीसाधन नचलाउन आग्रह गरेको छ ।

ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले बाह्रखरीसँग कुरा गर्दै भने, “सरकारले गरेको निर्णयअनुसार हामीले आजदेखि कम्तिमा पनि १० दिन सबैजनालाई घरमै बस्न र सवारीसाधन नचलाउन आग्रह गरेका छौं । बाहिर पनि एक जिल्लाबाट अर्को जिल्लामा नजान, काठमाडौंमा रहनेहरुले उपत्यका नछाड्न आग्रह गरेका छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले एक स्थानबाट अर्को स्थानमा जाँदा झनै फैलिन सक्ने भएकाले नागरिक आफैँ जिम्मेवार बन्नुपर्ने बताए ।

“हामीले कडा गरेर जानै नदिने भन्ने हुँदैन,” उनले भने, “यो कुनै राजनीतिक या अन्य कारण होइन । नागरिक आफैँले पनि बुझेर सवारी साधन चलाइदिनु भएन । हामीले सबैसँग यही आग्रह गरेका छौं ।”

Global Ime bank

सरकारले पनि १० दिनजति आफ्नो ठाउँमा रहनुस् भनेकाले ट्राफिकले पनि सडकमा सोहीअनुसार यात्रुलाई सम्झाउने बुझाउने काम गरेको बताए ।

उनले सार्वजनिक सवारीलाई एक जिल्लाबाट अर्को जिल्ला र उपत्यकाबाट बाहिर नजान आग्रह गरिएको बताउँदै निजी सवारीले पनि उक्त आग्रहलाई कार्यान्वयनमा ल्याइदिन आग्रह गरे ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC