site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 कोरोनाबाट अमेरिकामा एकैदिन ११७ जनाको मृत्यु, ९ हजारभन्दा बढी संक्रमित थपिए
Ghorahi CementGhorahi Cement

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट एकै दिन ११७ जनाको मृत्यु भएको छ भने जम्मा मृत्यु हुनेको संख्या ४ सय १९ पुगेको छ ।

त्यसैगरी एकैदिन ९ हजार ३ सय ३९ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुनेको संख्या ३३ हजार ५ सय ४६ पुगेको छ । यो संख्या चीन र इटालीपछिको सबैभन्दा धेरै जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकले जनाएको छ ।

इपिसेन्टर न्युयोर्क, स्वास्थ्य सामग्री १० दिनमा मात्र पुग्‍ने !

Agni Group

अमेरिकाको न्युर्योकमा कोरोना भाइरसको संक्रमण थप खराब बन्ने चेतावनी सहरका मेयरले दिएका छन्।

अबको केही दिनभित्रै अत्यावश्यक मेडिकल उपकरण (स्वास्थ्य सामग्री) को अभाव हुने र यसले सहरको अवस्था अकल्पनीय हुने जोखिम रहेको मेयर बिल डी ब्लासिओले बताएको सीएनएनले जनाएको  छ।

Global Ime bank

उनले भनेका छन्, "अबको १० दिनसम्मका लागि पुग्ने मात्रै स्वास्थ्य सामग्री छ, त्यसपछि ठूलो अभाव सिर्जना हुनेछ । हामीले थप भेन्टिलेटर प्राप्त नगरेमा मानिसहरु मर्ने छन् ।"

न्युर्योक राज्य अमेरिकामा कोरोना भाइरस संक्रमणको इपिसेन्टर बनेको छ । अमेरिकामा अहिलेसम्म ३३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा झण्डै आधा न्युर्योक राज्यमा छ । 

न्युर्योकमा शनिबारसम्म संक्रमितको संख्या चार हजार भन्दा बढी थियो, तर आइतबार यो संख्या बढेर १५ हजार १६८ भन्दा बढी पुगेको हो । विश्वमा संक्रिमत भएका मध्ये पाँच प्रतिशत न्युर्योकमा छन् । न्युयोर्क सहरमा मात्र ११४ जनाको मृत्यु भएको छ । 

विश्वभर कोरोना संक्रमितको संख्या तीन लाख ३५ हजार ९९७ पुगेको छ भने मृत्यु हुनेको संख्या करिब १५ हजार पुगेको छ । - एजेन्सीहरुको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०९:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC