site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोना फैलिन नदिन सरकारले चीनबाट पीपीई मगायो, चिकित्सक पनि ल्याइने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ (कोरोनाभाइरस)ले विश्वव्यापी रूप लिए पनि नेपालमा अहिलेसम्म यसका सङ्क्रमित छैनन् । प्रारम्भिक जाँचपड्तालका क्रममा पर्साका व्यापारीमा कोरोनाको लक्षण देखिए पनि परीक्षण गर्दा कोरोनाभाइरसको सङ्क्रमण नरहेको पटना अस्पतालले जनाएको छ ।

कोरोना सङ्क्रमण भित्रिइहाले र डढेलोझैं फैलिइहाले रोकथामाका लागि सरकारको पूर्वतयारीबारे प्रश्न उठिरहेका बेला सरकारले आवश्यक तयारी गरेको बताएको छ ।

नेपालमा एकजनामात्र सङ्क्रमित फेला परे सरकारले सशस्त्र प्रहरीको अस्पताल पूरै खाली गरेर कोरोना उपचार केन्द्रमा बदल्ने तयारी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“कोरोना भित्रन नदिन सावधानी अपनाए पनि कदाचित् फैलिइहाले सरकारको तयारी फितलो छ भन्ने जताततै टिप्पणी सुनिन्छ,” कोरोना रोकथाम, नियन्त्रण उच्चस्तरीय समन्वय समिति स्रोतले बाह्रखरीसँग भन्यो, “नेपालमा कोरोना सङ्क्रमित छैनन् । एकजनामा पनि सङ्क्रमण फैलियो भने हामी सशस्त्र प्रहरी बलको अस्पताल खाली गराउने तयारी गरिसकेका छौं । त्यहाँ अहिले भइरहेका बिरामी र आउन सक्ने सबै बिरामी सैनिक अस्पताल सिफ्ट (स्थानान्तरण) गरिनेछ । एपीएफको अस्पताललाई कोरोना रोग उपचार केन्द्र बनाउने हाम्रो तयारी छ ।”

कोरोना सङ्क्रमणबाट बच्न चिकित्सक, नर्स लगायतले प्रयोग गर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को पनि सरकारले बन्दोवस्त गर्न लागेको समिति स्रोतले जानकारी दियो ।

Global Ime bank

नेपालमा त्यस्तो सुरक्षा कवच नभएकाले परराष्ट्र मन्त्रालयले चीन सरकारसँग सहायता माग गरेको छ ।

“हामीले चीन सरकारलाई पत्र पठाएर पीपीई माग गरिसकेका छौं । यथाशीघ्र उपलब्ध गराउने वचन पनि पाएका छौं, नेपाल सरकारले छिट्टै त्यस्ता सामग्री ल्याउँछ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो ।

मुलुकमा अहिले चालु हालतमा रहेका अस्पतालमा कोरोना सङ्क्रमितको उपचार गर्न मिल्दैन । छुट्टै आइसोलेसन वार्ड स्थापना गरे पनि अस्पतालमा बिरामीकै बाहुल्य रहने भएकाले सङ्क्रमणको जोखिम उच्च हुन्छ र परिस्थिति काबु बाहिर जान सक्छ । 

कोरोनाभाइरस छिटो फैलन सक्ने भएकाले शिक्षण अस्पतालमा २० शय्या, वीरमा २० शय्या गरी आइसोलेसन वार्ड छुट्याउन मिल्दैन । कोरोना सङ्क्रमितलाई उपचार गर्ने चिकित्सक, नर्स छुट्टै व्यवस्था गर्नुपर्ने र नेपालमा त्यससम्बन्धी अनुभवी चिकित्सक, स्वास्थ्यकर्मीसमेत नभएकाले सरकारले चीन सँगै सहायता मागेको समितिले बताएको छ ।

“हामीले प्रारम्भीक चरणमा २० जना चिकित्सकसहितको समूह पठाइदिन भनेका छौं । कोरोना फैलिइहाले २० जनाको समूह निकै अपर्याप्त हो । तथापि, उनीहरूले सुरुवाती अवस्थामा यहाँका चिकित्सक, नर्स आदिलाई तालिम पनि दिनेछन् । उपचार पनि गर्नेछन्,” समितिले आफ्नो तयारी बाह्रखरीलाई जानकारी गरायो ।

कोरोनाको सन्त्रास बढ्दै गएकाले सरकारले सुरुमा तालिमका लागि नेपाली चिकित्सकको समूहलाई चीन पठाउने तयारी गरेको थियो । तर, मौसमी फ्लू, अन्य प्रकोप फैलिएर नेपालमै चिकित्सक अभाव हुने भएकाले चीन नपठाइएको बरु चीनबाटै मगाउन लागिएको रक्षामन्त्रालय स्रोतले भन्यो ।

चन्द्रागिरि नगरपालिकामा रहेको एपीएफ्को अस्पताल कोरोना उपचार केन्द्रमा बदलेपछि सरकारले अरू आवश्यक तयारी पनि गरेको छ । कोरोना सङ्क्रमित बोक्ने एम्बुलेन्सदेखि लिन जाने तालिमप्राप्त कर्मचारीसमेतको प्रबन्ध मिलाउन लागेको समितिले बताएको छ ।

एपीएफको अस्पतालमा समूह छुट्टयाएर १४ दिनसम्म एक समूहलाई खटाउने, समूहमा चिकित्सक, नर्स, अरु स्वास्थ्यकर्मी, सेफ आदि समावेश गर्ने सरकारको तयारी छ ।

१४ दिनपछि त्यो समूहलाई प्रतिस्थापन गरेर अर्को समूह राख्ने र उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राख्ने सरकारको तयारी छ ।

“कोरोना सङ्क्रमितको उपचारमा संलग्न रहने चिकित्सक मात्र होइन सेफ, सुरक्षाकर्मी, सरसफाइमा संलग्न कर्मचारीलाई पनि हामी बाह्य सम्पर्कमा रहन दिँदैनौं । कडा सुरक्षा घेराभित्र १४ दिनसम्म अस्पतालमै रहनेछन् । त्यसपछि १४ दिन क्वारेन्टाइनमा राखेर विस्तृत परीक्षणपश्चातमात्रै बाह्य सम्पर्कमा आउन दिइने छ,” रक्षामन्त्रालय स्रोतले भन्यो ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC