विशेष
काठमाडौं । भुटानले पनि सीमानाका बन्द गरेको छ । महामारीको रूपमा फैलिएको कोरोना भाइरसको जोखिम कम गर्न भुटान सरकारले सोमबार बिहान ६ बजेदेखि सबै सीमानाका बन्द गरेको भुटानको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आधिकारिक सवारीबाहेक सबै सवारी आवागमन बन्द गरेको हो । सरकारले भुटानीहरूलाई देशबाहिर जान समेत प्रतिबन्ध लगाएको छ तर गैरभुटानीलाई भने देश छाड्न दिइनेछ ।
यसैगरी देश भित्रिने सबै नागरिकलाई क्वारेन्टाइन राखिने, विदेशीलाई चेकजाँच गरिने र आवश्यकताअनुसार क्वारेन्टाइनमा राखिने बताइएको छ । भुटान सरकारले सबै अत्यावश्यक वस्तु अभाव नबनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६ ०८:३४
प्रतिक्रिया दिनुहोस्