site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
अमेरिकामा नेपाली समुदाय रहेको क्षेत्र पनि कोरोना जोखिममा
Sarbottam CementSarbottam Cement

अमेरिका । अमेरिकामा अहिलेसम्म नेपाली समुदायका कसैलाई कोरोनाभाइरस संक्रमण भएको सार्वजनिक नभए पनि यहाँ रहेका नेपालहरु पनि त्रसित छन् ।

स्टोर, ग्यास स्टेशनलगायत विभिन्न क्षेत्रमा अग्रपंक्तिमा नेपाली काम गर्नेको संख्या निकै बढी रहेकाले नेपाली समुदायमा कोरोना संक्रमणको जोमिख भने उच्च छ ।

अमेरिकामा अहिलेसम्म करिब २० हजार कोरोना भाइरस संक्रमित भेटिएका छन् । यो संख्या दैनिक बढ्दो छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या समाचार तयार पार्दासम्म ३४८ पुगेको छ । नेपाली समुदायको बाक्लो बस्ती रहेका अमेरिकाका प्रमुख सहर अहिले कोरोनावाट बढी प्रभावित छन् ।
 
अमेरिकामा पनि नेपाली समुदायबीच कोरोना भाइरसका बारेमा विभिन्न हल्ला चलिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

केही दिनअघि न्यूयोर्कमा एकजना नेपालीलाई कोरोना भाइरस लागेको हल्ला चल्यो तर, ती नेपालीका आफन्तले पछि यो हल्ला सत्य नभएको र अन्य स्वास्थ्य समस्याले ती नेपाली अस्पताल गएको सार्वजनिक गरेका थिए ।
 
न्यूयोर्क नेपाली समुदायको सबैभन्दा ठूलो बस्ती भएको क्षेत्र हो । अमेरिकामा सबैभन्दा बढी कोरोना संक्रमित पनि यहीँ भेटिएका छन् । तर, अहिलेसम्म त्यहाँ कुनै नेपाली कोरोनाबाट संक्रमित नभएको बताइएको छ ।

तर अमेरिकामा स्वास्थ्य सम्बन्धी समस्या व्यक्तिगत र गोप्य हुन्छन् । 

Global Ime bank

परिवारले नभनिकन कसलाई भयो कसलाई भएन त्यो थाहा हुँदैन ।

नेपालीको अर्को ठूलो बस्ती रहेको टेक्ससमा पनि कोरोना भाइरसका विषयमा यस्तै हल्लाहरु चलिरहेका छन् ।

केही दिनअघि टेक्सस डलासको भारतीय स्टोर पटेल ब्रदर्शका कर्मचारी कोरोना भाइरसबाट संक्रमित भएको हल्ला चलेको थियो । तर, उक्त स्टोरले यो सत्य नभएको दाबी गरेको छ ।

शनिबार पनि टेक्ससको ग्यास स्टेशनमा काम गर्ने एकजना युवतीलाई कोरोनाभाइरस संक्रमण भेटिएको हल्ला चलेको छ । तर, यो पनि पुष्टि हुन सकेको छैन ।

अमेरिकामा कोराना भाइरसको चेकजाँचलाई तीव्रता दिइएको छ ।

तर, कति नेपाली समुदायले कतिले जाँच गरेका छन् यो प्रष्ट छैन । 

कोरोना भाइरसको संक्रमण छिटो फैलिने भएकाले समुदायमा कसैलाई देखियो भने यो धेरैमा सर्ने जाखिम भने छ ।

वासिङ्टनस्थित नेपाली दूतावासले शुक्रबार एक अपिल जारी गर्दै नेपाली समुदायलाई सजग र सतर्क हुन आग्रह गरेको छ ।  

नेपाली दुुतावासले कोरोना भाइरस संक्रमणका कारण आएको विशेष परिस्थितिले यात्रा अवरुद्ध भएका नेपालीको समस्या समाधानका लागि पहल भइरहेको पनि जनाएको छ ।

राजदूत डा. अर्जुनकुमार कार्कीद्वारा शुक्रबार सार्वजनिक अपिलमा नेपाल जान नपाउँदा ओभरस्टे भएकाहरुको समस्या समाधानका लागि पनि कूटनीतिक पहल भइरहेको उल्लेख छ ।
 
नेपाल सरकारले कोरोना संक्रमण हुन नदिन नेपालीलाई समेत नेपाल प्रवेश प्रतिबन्ध लगाएको छ । 

दूतावासले आकस्मिक सेवा लिनुपरे टेलिफोन र इमेलवाट सम्पर्क गरेर दूतावासमा समय लिन सकिने पनि जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC