site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
 के हो 'सामाजिक दूरी' ? कस्ता व्यक्ति 'सेल्फ आइसोलेसन'मा रहने ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नोबल  कोरोनाभाइरसको महामारी विश्वभर फैलिन थालेपछि संक्रमण फैलिनबाट रोक्न‍ विभिन्‍न मुलुकका सरकारहरुले क्याफे, पब, रेस्टुरेन्ट, नाइटक्लब, थिएटर, सिनेमा हल, जिम सेन्टरका साथै विद्यालय र कार्यालयहरुसमेत बन्द आह्वान गरियो । सरकारले अत्यावश्यकबाहेक मानिसहरुबीच भेटघाट र जमघट नगर्न सुझाव दिएका छन् । सोसल डिस्टेन्सिङ (सामाजिक दूरी) कायम गर्न सुझाव दिइएको छ । 

त्यसैगरी रुघाखोकी लागेमा, ज्वरो आएमा, टाउको दुखेमा मानिसहरुलाई सेल्फ आइसोलेसनमा रहन आग्रह गरिएको छ । एक व्यक्तिलाई भाइरसको लक्षण देखिएमा अन्यमा पनि भाइरसको संक्रमण नहोस् भन्‍नका लागि मानिसहरुलाई सेल्फ-आइसोलेसनमा बस्‍न सुझाव दिइएको छ । 

'सोसल डिस्टेन्सिङ' किन आवश्यक छ ? 

Prabhu Bank
Agni Group
NIC Asia

कुनै एक संक्रमित व्यक्तिले खोक्दा उछिट्टिएका थुक, र्‍याल अथवा सिँगानका छिटाहरु हावामात्र अर्को व्यक्तिसम्म पुग्‍नसक्ने भएकोले सोसल डिस्टेन्सिङ आवश्यक भएको बीबीसीमा प्रकाशित समाचारमा बताइएको छ । हावामार्फत अर्को व्यक्तिसम्म पुगेका भाइरसहरु श्वास फेर्दा शरीरमा जाने र संक्रमण गराउन सक्ने हुन्छन् । 

कुनै संक्रमित व्यक्ति बसेको ठाउँमा छुँदा, अथवा आँखा, नाक र मुखका माध्यमबाट पनि भाइरसहरु निरोगी व्यक्तिसम्म पुग्‍न सक्छन् । मानिसहरुले जति कम समय सँगै रहन सक्यो, संक्रमणको जोखिम त्यति नै कम हुन्छ । 

Global Ime bank

अहिले हरेक व्यक्तिलाई सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ । विशेष गरी ७० वर्षभन्दा माथिको उमेर भएका, गर्भवती, श्वासप्रश्वाससम्बन्धी बिरामी, मुटुरोग, मधुमेहलगायतका बिरामीहरुले सामाजिक दूरी कायम गर्न जोड दिइएको छ । 

कसरी दूरी कायम गर्ने ? 

- सकेसम्म घरबाटै काम गर्ने

- अनावश्यक यात्रा नगर्ने

- भीडभाड हुने र सार्वजनिक स्थलहरुबाट टाढा रहने 

- परिवार र साथीभाइबीच हुने जमघटमा सहभागी नहुने

- क्याफे, क्लब, रेस्टुरेन्ट, पबलाई सरकारले बन्द गर्न निर्देशन गरिसकेको अवस्थामा कार्यान्वयनमा कडाइ गर्ने 

सोसल डिस्टेन्सिङका समयमा के गर्न मिल्छ  ? 

- अरुबाट दुई मिटर टाढासम्म रहने गरी हिँडडुल गर्न सकिन्छ 

- अत्यावश्यक भएमा परिवार र साथीभाइलाई भेट्‍न सकिन्छ 

- कुकुर डुलाउन सकिन्छ 

- तपाईंलाई संक्रमणको कुनै लक्षण नदेखिएको भए आफन्त र छिमेकीमा रहेका ज्येष्ठ नागरिकको हेरचाह गर्न सकिन्छ

- खानालगायतका उपभोग्य वस्तु खरिद गर्न जान सकिन्छ 

के हो सेल्फ-आइसोलेसन ? 

सेल्फ आइसोलेसन भनेको घरमै बसिरहनु अर्थात घरबाहिर ननिस्किनु हो । सेल्फ-आइसोलेसनमा रहेको व्यक्तिले कुनै किसिमको व्यायाम, काम, विद्यालय र सार्वजनिक स्थलहरुमा जानु हुँदैन ।  

यस्तो अवस्थामा खानेकुरालगायतका आवश्यक उपभोग्य वस्तुको खरिदका लागि पनि बाहिर निस्किनु हुँदैन । तपाईंको स्टक सकिएमा अनलाइन खाना मगाउने अथवा जतिसक्दो कम सामाजिक सम्पर्कमा रहने किसिमले त्यस्ता उपभोग्य वस्तुको बन्दोबस्त गर्न सकिन्छ । 

कस्ता व्यक्ति सेल्फ-आइसोलेसनमा रहने ? 

विश्वभर फैलिरहेको नोभेल कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको जुनसुकै व्यक्तिले पनि सेल्फ-आइसोलेसनमा बस्‍नुपर्छ । ३७ दशमलव ८ डिग्री सेल्सियसभन्दा बढी शरीरको तापक्रम भएको, निरन्तर खोकी रहने, श्वासप्रश्वासमा समस्या भएको, र लक्षण देखिएको व्यक्ति बसेकै कोठामा अथवा फ्लयाटमा बस्‍ने व्यक्तिले सेल्फ-आइसोलेसनमा रहनुपर्छ । 

- यदि तपाईं एक्लै बस्‍नुहुन्छ भने लक्षण देखिएको सात दिनसम्म घरबाहिर ननिस्किनूस् 

- यदि तपाईं बसेको घर, फ्लयाट अथवा कोठामा कुनै व्यक्तिलाई संक्रमणको लक्षण देखिएको छ भने १४ दिनसम्म आइसोलेसनमा रहनूस् 

- यदि कुनै लक्षण देखिएको व्यक्तिसँगै बस्‍नु भएको छ र १४ दिसम्म आइसोलेसनमा बस्दा फेरि लक्षण देखिएमा थप सात दिन सेल्फ-आइसोलेसनमा बस्‍नूस् 

- कोरोना भाइरसको लक्षण देखिएको व्यक्तिले व्यवस्थित भेन्टिलेटेर र झ्याल भएको कोठामा बस्‍नुपर्दछ । घरमा अन्य व्यक्तिको सम्पर्कबाट टाढा रहनुपर्छ । 

अरु को-कोले सेल्फ आइसोलेसनमा बस्‍नुपर्छ ? 

गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिलाई १२ हप्तासम्म भाइरसको संक्रमणबाट जोगाउन आवश्यक हुन्छ । त्यस्ता व्यक्तिहरुलाई विशेष आइसोलेसन कक्षमा राखेर तत्काल पूर्वसावधानीहरु अपनाउनुपर्छ । यस्तो समूहमा पर्नेहरू : 

- केमो अथवा रेडियो थेरापी लिइरहेका क्यान्सरका बिरामीहरु

- प्रत्यारोपण गरिएका बिरामीहरु

- गम्भीर रोग अथवा डाइलाइसिस गराइरहेका बिरामीहरु

- सिस्टिक फ्रिब्रोसिस अथवा दमका बिरामीहरु

सेल्फ आइसोलेसनका समयमा यदि तपाईंसँग संक्रमणको जोखिम रहेको व्यक्ति बस्छ भने के गर्ने ? 

यदि तपाईं सेल्फ आइसोलेसनमा भएको बेला कुनै संक्रमणको जोखिम भएका व्यक्तिहरु जस्तै गर्भवती, वृद्धवृद्धा, गम्भीर रोगका बिरामीलगायत भएका उनीहरुसँग कम्तीमा दुई मिटरको दूरी कायम गर्ने । 

सँगै बस्‍ने स्थानहरु जस्तै भान्छा, कोठा, बैठकलगायतमा बिताउने समयलाई कटौती गर्नुपर्दछ । कोठाहरुलाई पूर्ण-भेन्टिलेटेड बनाउनुपर्दछ । सकेसम्म संक्रमणको जोखिम भएका व्यक्तिहरुलाई उनीहरुको कोठामै लगेर खाना खाने व्यवस्था मिलाउनुपर्छ । 

संक्रमणको जोखिममा रहेका व्यक्तिहरुले पनि अन्य व्यक्तिसँग बिताउने समयलाई कम गरेर एक्लै बस्‍ने गर्नुपर्दछ । सकेसम्म त्यस्ता व्यक्तिहरुले शौचालय र फरक स्‍नान कक्ष प्रयोग गर्नुपर्छ । सेल्फ आइसोलेसनमा रहेका व्यक्तिले पटक-पटक साबुन पानीले २० सेकेन्डसम्म हात मिचिमिचि धुने गर्नुपर्छ । 

फोहोरहरुको उचित व्यवस्थापन गर्नुपर्दछ । बाहिर फाल्नुअघि ७२ घण्टासम्म दोहोरो झोलामा बेरेर संक्रमण नफैलिने ठाउँमा राख्‍नुपर्दछ । 
(बीबीसीको सहयोगमा तयार पारिएको सामग्री)
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  ०६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC