site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लुकाएको ११ हजार थान सर्जिकल मास्क बरामद
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगरमा लुकाई राखेको अवस्थामा ११ हजार थान सर्जिकल मास्क बरामद भएको छ ।

अनुगमन टोलीले विराटनगर महानगरपालिका ९, घोगापैनीस्थित श्री सर्जिइम्पेक्सले लुकाएर राखेको सर्जिकल मास्क बरामद गरेको हो । विराटनगर महानगरपालिकाको टोली आइतबार अनुगमानमा खटिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

बजारमा मास्क र स्यानिटाइजरको कालोबजारी भइरहेको भन्ने जनगुनासो बढेसंगै महानगरले अनुगमन बढाएको हो । अनुगमानमा औषधि व्यवस्था विभाग र प्रहरीसमेत थिए । सर्जिकल सामान र औषधिको थोक विक्रेता श्री सर्जिइम्पेक्सको गोदाममा लुकाएर राखेको ११ हजार थान मास्क बरामद भएको औषधि व्यवस्था विभागका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र स्यानिटाइजरलाई अत्यावश्यक वस्तुसरह लिइए पनि बढी मूल्यमा बिक्री गर्न लुकाउने प्रवृत्ति बढेको कट्टेलले बताएका छन् । लुकाएर राखेको चारसय हेण्ड स्यानिटाइजर समेत बरामद भएको थियो । 

Global Ime bank

राजेश अग्रवाल सञ्चालक रहेको श्री सर्जिइम्पेक्सबाट बरामद स्यानिटाइजरमा एमआरपी मूल्यसमेत अस्पष्ट छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १९:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC