site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
राप्तीमा छाडियो ५० गोही
Sarbottam CementSarbottam Cement

चितवन । राप्ती नदीमा ५० वटा  गोही छाडिएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै राप्ती नदीमा गोही छाडिएको हो । गत वर्ष सोही क्षेत्रबाट १०० गोही छाडिएको थियो । 

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार विश्वबाटै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर हरेक वर्ष नदीहरुमा छाड्ने गरिएको छ । यस वर्ष राप्तीमा छाडिएकासहित विभिन्न नदीमा हालसम्म एक हजार ५१५ गोही छाडिसकिएको छ । तीमध्ये राप्तीमा मात्र ८३५ गोही छाडिएको उनले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० गोही छोडिसकिएको छ । पछिल्ला वर्षहरुमा राप्तीमा मात्रै गोही छाडिने गरिएको छ । नदीहरुमा गोही छोड्दै गए पनि सङ्ख्या बढ्दै जान भने सकेको छैन । पछिल्लो गणना अनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् । 

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो ।  नदी प्रदूषण बन्दै जाँदा सङ्कटापन्न अवस्थामा रहेको घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ । हरेक वर्ष राप्ती र नारायणी नदी किनारबाट गोहीको अण्डा सङ्कलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ । 

Global Ime bank

तिनै गोहीलाई हुर्काएर नदीमा छोडिन्छ । पाँच देखि छ वर्ष सम्मका गोही नदीमा छाड्ने गरिन्छ । हाल प्रजनन् केन्द्रमा माउ र बच्चाहरु गरेर ५०० हाराहारी रहेको खड्काको भनाइ छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  २३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC