खेल
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का भौतिक संरचनाहरूलाई क्वारेन्टाइन र आइसुलेसनको रुपमा प्रयोग सकिने भएको छ । एन्फा मातहतमा रहेको भौतिक संरचनालाई अस्थायी रूपमा प्रयोग गर्न सकिने भएको हो ।
एन्फाले आइतबार प्रेस विज्ञप्ति निकाल्दै विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको महामारीविरुद्ध लड्न आवश्यक परे आफ्नो भौतिक संरचनाहरू प्रयोगमा ल्याउन सकिने बताएको हो ।
एन्फाले सातदोबाटोको होस्टेल, बुटवल र धरानको एन्फा एकेडेमीको होस्टल र रौतहटको महिला एकेडेमीलाई अस्थायी क्वारेन्टाइन र आइसुलेसनका रूपमा प्रयोग गर्न सकिने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६ १३:४९
प्रतिक्रिया दिनुहोस्