site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
उत्तर कोरीयाली नेतालाई ट्रम्पको पत्र - महामारीविरुद्ध लड्‍न सहयोग गर्छौं 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाउँदै 'महामारीविरुद्ध लड्‍न' सहयोग गर्ने इच्छा व्यक्त गरेको उत्तर कोरियाली सरकारी सञ्‍चारमाध्यम केसीएनएले आइतबार जनाएको छ । 

"अमेरिकी राष्ट्रपतिले हाम्रो अध्यक्ष (उत्तर कोरियाली नेता किम) सँगको सम्बन्धलाई राम्रो बनाउन चालेको कदम उपयुक्त र न्यायिक भएको अर्थमा हामीले लिएका छौं । दुई देशबीचको अप्ठ्यारो र चुनौती बढीरहेको बेला दुई देशबीचको सम्बन्धलाई बलियो बनाउन गरिएको प्रयास उच्चस्तरीय छ । पत्रमार्फत दुई देशको सम्बन्धलाई थप बलियो बनाउन आफ्नो योजनासमेत सार्वजनिक गरेका छन् । यससँगै अहिलेको महामहारीविरद्ध लड्‍न सहयोग गर्नेसमेत इच्छा व्यक्त गरेका छन् । आफ्ना जनतालाई कोरनाको संक्रमण हुनबाट जोगाउन हाम्रा अध्यक्षले गरिएको प्रयासकोसमेत उनले (ट्रम्पले) प्रशंसा गरेका छन्," वर्कस् पार्टी अफ कोरिया (ड्ब्लुपीके) का उपविभाग निर्देशक किम यो जोङलाई उदृत गर्दै केसीएनएले लेखेको छ ।

हालसम्म उत्तर कोरियाम कोरोना संक्रमणको असरबारेमा भने खुलाइएको छैन । अमेरिकामा कोरोनाबाट ३०२ जनाको मृत्यु भइसकेको छ भने विश्‍वभर मृत्यु हुनेको संख्या १३ हजारभन्दा बढी पुगेको छ । - सीएनएन 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  १०:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC