site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
इटलीका प्रधानमन्त्रीले भने - कोरोनाभाइरस दोस्रो विश्वयुद्धयताको सबैभन्दा ठूलो संकट 
Ghorahi CementGhorahi Cement

रोम । इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले कोरोना भाइरस दोस्रो विश्वयुद्धयताको सबभन्दा ठूलो संकट भएको बताएका छन् । 

उनले मुलुकभरका अत्यावश्यकबाहेकका उद्योगधन्दा, कलकारखाना बन्द गर्ने निर्देशन दिएका छन् । खाद्यान्न र औषधि उत्पादन कम्पनीबाहेकका सम्पूर्ण उद्योगहरु बन्द गर्ने उनले निर्देशन दिएका हुन् । 

Agni Group

शनिबार फेसबुक लाइभमार्फत उनले भने, "अब निकै गम्भीर सावधानी अपनाउनुपर्ने भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।" 

इटालीमा हालसम्म ५३ हजार ५७८ जनाको संक्रमित भएका छन् भने ४ हजार ८२५ संक्रमित भएका छन् ।

Global Ime bank

"हाम्रो नागरिकको यति ठूलो संख्यामा मृत्यु निकै पीडादायी घटना हो । हामीले कोरोनाको सामनाका लागि हरेक दिन प्रयास गरिरहेका छन् । हामीले दैनिक सुनिरहेको मृत्यु केवल संख्यामात्र होइन । ती मानिसहरु हुन्," उनले भने । 

उनले देशभरका फार्मेसीहरु, खाद्यान्ह गोदाम, वित्त सेवा र सार्वजनिक यातायात भने खुला रहने बताएका छन् । 

"हाम्रो सावधानीले हामीलाई एकदिन उद्योगहरु खुला रहने, पिजाहरु खान मिल्ने, साथीलाई अंकमाल गर्न पाइनेछ । हामी यो गर्नेछौं, किनकि हामी इटालीलाई माया गर्छौं । तर, अहिले पूर्वसावधानी आवश्यक छ," कोन्टेले थपे । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०८:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC