site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

ढिलै भए पनि नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यस क्रममा प्रधानमन्त्री केपी ओलीले शुक्रवार गरेको सम्बोधनमा अत्यावश्यकबाहेकका अन्य सेवा बन्द हुने जानकारी दिएका छन् । आवागमनबाट फैलन सक्ने संक्रमण रोक्न अन्तर्राष्ट्रियलगायतका उडान र लामो दूरीका सडक यातायात सेवा पनि केही दिन बन्द गरिनेछ । भारतमा कोरोनाको संक्रमण फैलन थालेको देखिएपछि आवागमन नियन्त्रण गर्न विशेष प्रयासहरू सुरु गरिएको छ । त्यस क्रममा नेपालमा पनि आवागमनमा रोक लगाउनु स्वभाविकै हो । तर, सरकारको घोषणालगत्तै काठमाडौंलगायत सहरी क्षेत्र छाडेर गाउँ फर्कनेहरूको संख्या ह्वात्तै बढेको छ । सामान्य स्वास्थ्य सुविधा पनि नभएका गाउँहरूमा सहरबाट आउनेको संख्यासँगै संक्रमणको जोखिमसमेत बढेको छ आशा गरौँ, त्यस्तो भिडमा कोही पनि कोरोना संक्रमित थिएनन् वा कोही संक्रमति भए पनि अरू संक्रमणबाट जोगिएका छन् । 

काठमाडौंबाट दिनहुँ हजारौं जना बाहिर निस्केका छन् । लामो दूरीका बसहरू बन्द हुने दिनसम्म यो संख्या केही लाख पुग्ने निश्चित छ । विद्यालयका परीक्षा समाप्त भएपछि यसै पनि यति बेला काठमाडौंबाट गाउँतिर फर्कनु स्वाभाविकै थियो । तर, कोरोनाको त्रास र लामो दूरीको यातायात सेवा बन्द हुने सूचनाले धेरै मानिसले हतारमा काठमाडौं छाडे । यस क्रममा सवारी साधनहरूमा बढी नै भिडभाड भयो । संक्रमणबाट जोगिन अपनाउनुपर्ने सामान्य उपायसम्म पनि अपनाइएन । यस्तो अवस्थामा कदाचित् कोही संक्रमित रहेछ भने त्यसबाट धेरैलाई यो भाइरस सर्न सक्छ । गाउँमा कसैले कोरोनाभाइरस लग्यो भने त्यसबाट सिंगो समुदाय नै आक्रान्त हुने जोखिम बढ्छ । उनीहरूलाई घर फर्कन रोक्न सकिने त थिएन तर संक्रमणको जोखिम नहुने गरी यात्राको व्यवस्था  मिलाउन भने सिकन्थ्यो । 

सहरलाई संक्रमणबाट जोगाउन खोज्दा देशभर फैलन सक्ने जोखिममा ध्यान गएन । विशेषगरी सार्वजनिक यातायातमा निगरानी गरेर संक्रमण फैलने जोखिम कम गर्न सकिन्थ्यो । त्यसमा बेलैमा ध्यान पुगेन । अब तिनीहरू गाउँ गाउँमा पुगिसकेका छन् । सबै गाउँ र नगरपालिकाका वडाहरूमा स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी छन् । यस्तै, राज्यका प्रतिनिधिका रूपमा स्थानीय सरकारहरू पनि क्रियाशील छन् । यसैले तिनले आआफ्ना क्षेत्रमा निगरानी बढाएर संक्रमणको लक्षण देखिएका लागि अलग्ग राख्न र बस्नमात्रै लगाए भने पनि धेरैलाई संक्रमित हुनबाट जोगाउन सकिनेछ । यस्तै, गाउँका धार्मिक स्थलहरू विशेषगरी चर्चहरूमा अझै पनि जमघट भइरहेकै छ । स्थानीय सरकारहरूले त्यस्ता जमघट रोकाउन अग्रसरता देखाउनुपर्छ । केन्द्रको संयन्त्रले स्थानीय तहसँग निकट सम्पर्क कायम गर्नुपर्छ । स्थानीय तहहरूले पनि आफ्नो क्षेत्रमा भएका एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा तन्दुरुस्त अवस्थामा राख्नुपर्छ । संघीय सरकारले संक्रमण रोक्न आवश्यक उपाय गरेको छ तर त्यसलाई सफल बनाउन जनसाधारणका साथै स्थानीय तहको सहयोग पनि उत्तिकै आवश्यक हुन्छ । गाउँमा संक्रमणको जोखिम बढ्न नदिन कम्तीमा बाहिरबाट आएकाहरू संक्रमण देखिनसक्ने अवधिसम्म घुलमिल नभई एक्लै बस्ने र कसैमा कोरोना संक्रमणको लक्षण देखिएमा उपचारको प्रबन्ध तत्काल मिलाउन स्थानीय सरकारहरू सजग होऊन् । संक्रमणको जोखिम गाउँतिर जो बढेको छ ।  

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  १३:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC