site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ब्याडमिन्टनको विश्व बरियतामा प्रिन्सको स्थान यथावत
Sarbottam CementSarbottam Cement

काठमाडौं । ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको विश्व बरियताको स्थान यथावत रहेको छ । विश्व ब्याडमिन्टन महासङ्घ (बीडब्लुएफ) ले शुक्रबार जारी गरेको नयाँ बरियतामा पुरुष यू–१९ तर्फ प्रिन्स सातौँ स्थानमा कायमै छन् । 

यसअघिको बरियतामा प्रिन्स १०औँ स्थानमा थिए । प्रिन्सले प्राप्त गरेको बरियता विश्व जुनियर ब्याडमिन्टनतर्फ अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । नेपाली खेलाडीले प्राप्त गरेको यही नै अहिलेसम्मकै सर्वाधिक सफलता हो । प्रिन्सले गत महिना सम्पन्न डच जुनियर इन्टरनेशनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनलसम्मको यात्रा तय गरेका थिए । डच जुनियर इन्टरनेशनलमा उनले खेलेका तीन खेलमा दुईमा जीत र एउटामा हार तथा जर्मन सिरिजमा चार खेलमा तीन जीत तथा एउटामा हार ब्येहोरेका थिए ।  

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि महासङ्घले गत पुस अन्तिम साता निकालेको विश्व बरियतामा उनी ११औँ स्थानमा,  पुस दोस्रो साता १४औँ स्थानमा तथा मङ्सिरमा ३२औँ स्थानमा थिए । विश्व जुनियर ब्याडमिन्टनमा नेपालबाट विश्व बरियताको शीर्ष १० मा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी बनेका छन् । दार्चुला सदरमुकाम खलङ्गा घर भएका १६ वर्षीय प्रिन्स हाल ललितपुरको जाउलाखेलीस्थित डाँफे इङ्ग्लिस बोर्डिङ स्कूलमा नौ कक्षामा अध्ययनरत छन् । हालसम्म उनी कुनै पनि विभागिय टोलीमा आबद्ध छैनन् । प्रिन्सले सुदूरपश्चिम प्रदेशबाट खेल्ने गरेका छन् । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता सिनियरतर्फ तथा यु – १९ जुनियर खेलाडीको बरियता निर्धारण गर्ने गर्छ । 

विश्व जुनियरतर्फको बरियताको शीर्ष स्थानमा फ्रान्सका क्रिस्टो पोपोभ पनि यथावत छन् । दोस्रो स्थानमा भारतका मिराव लुवाङ, मलेसियाका कोक जिङ होङ तेस्रो, भारतका बरुण कपुर चौथो, डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौँ तथा फिनल्यान्डका जोआकिम वल्डरफ छैटौँ स्थानमा यथावत नै रहेका छन् ।  रासस 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  ११:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC