site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘इन द टाइम अफ कोरोना’
Ghorahi CementGhorahi Cement

केही समयदेखि नेपालका चलचित्रकर्मीहरु फुर्सदिला हुन पुगेका छन् । कोरोनाको महामारीले सिर्जना गरेको यो फुर्सदको समयलाई चलचित्रकर्मीहरुले सिर्जनशील काममा सदुपयोग गर्न सक्दा भोलिका दिनमा यो उद्योग थप परिष्कृत हुने सम्बद्ध व्यक्तिहरु बताउँछन् । उनीहरु भन्छन्, ‘‘सङ्कटले अप्ठेरो त निम्याउँछ नै, साथसाथै त्यसले कतिपय क्षेत्रलाई व्यवस्थित र विकसित हुने अवसर पनि दिलाउँछ ।’’ विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपाली चलचित्र उद्योगलाई पनि ठूलो क्षति पुर्‍याएको छ । प्रदर्शनरत् चलचित्रको बक्स अफिसमा त यसको नकारात्मक प्रभाव पर्‍यो नै त्यसपछि आउने भनिएका चलचित्रको रिलिज डेट पनि पछि सर्दा सिनेमा घरहरु बन्द हुने अवस्थामा पुगेका हुन् । हलमा चलचित्र छैनन् । नयाँ चलचित्र छायाङ्कनमा जान सक्ने अवस्था नै छैन । चलचित्रसम्बद्ध व्यक्तिहरु हात बाँधेर बस्नुपर्ने अवस्था निम्तिएको छ ।  

चलचित्रकर्मी दीपकराज गिरी, दीपेन्द्र के खनाल, प्रदीप भट्टराई र विनोद पौडेल जसको चलचित्र जुन अवस्थामा छ, त्यहीँ मेहनत गर्नुपर्ने सुझाव दिन्छन् । चलचित्र लामो समय लिएर निर्माण गर्ने काम भएकाले नआत्तिन पनि उनीहरुको आग्रह छ । 

दीपकराज गिरी कोरोनाको सङ्कटका समयमा अन्य काम नहुँदा चलचित्रकर्मीले आउँदो चलचित्रका लागि तयारी गर्नुपर्ने बताउँछन् । चलचित्र फ्लोरमा नहुँदा आउँदो चलचित्र अथवा निर्माणको चरणमा रहेका बाँकी काममा चलचित्रकर्मी केन्द्रित हुनुपर्ने उनको भनाइ छ । 

Agni Group

“लेखनमा रहने साथीले सोही काममा आफूलाई केन्द्रित गर्नुपर्‍यो । प्लान गर्नेहरुले राम्रो योजना बनाउनु प¥यो । सुटिङ सार्नु परेकाहरुले कसरी राम्रोसँग छायाङ्कन गर्ने हो, सम्पूर्ण तयारी गर्नुपर्‍यो,” कलाकार, लेखक तथा निर्देशक दीपकराज गिरी भन्छन्, “सुटिङ सकेकाहरुले टेबुलवर्क राम्रोसँग गर्ने, पोस्टको काममा ध्यान दिएर समयको सदुपयोग गर्नुपर्छ ।” प्रि–प्रोडक्सनमा राम्रो तयारी गरे चलचित्रको बजेट घट्ने उनको भनाइ छ । 

ऋणमा रहेका हललाई सरकारले कर छुट दिने वा कम गर्ने विषयमा ध्यान दिनुपर्ने उनी बताउँछन् । कोरोनाको महामारीमा मनोरञ्जन पहिलो प्राथमिकतामा नपर्ने बताउँदै उनी रिलिजको तयारीमा रहेका चलचित्रलाई थप राम्रो बनाउन चलचित्रकर्मीलाई सुझाव दिन्छन् । 

Global Ime bank

“कोरोनाको विश्वव्यापी महामारीले चलचित्र उद्योग क्वारेन्टाइनमा छ । क्वारेन्टाइनमा रहेका बेला चलचित्रलाई थप स्तरीय बनाउने कुरामा ध्यान दिनुको विकल्प छैन,” दीपकराज भन्छन्, “मनोरञ्जन व्यक्तिको अन्तिम विकल्प हो । विश्व नै सङ्कटमा परेका बेला मान्छेले मेरो चलचित्र हेरेन भनेर असन्तोष जनाउने कुरा पनि त भएन ! महामारी, दैवीप्रकोपले सबैभन्दा पहिलो झापड मनोरञ्जन उद्योगलाई हान्ने हो ।’’ आरामको समयमा मात्रै मान्छेहरु सिनेमा हल जाने गरेको उनी बताउँछन् । 

चलचित्र निर्देशक प्रदीप भट्टराई कोरोनाका कारण उपलब्ध फुर्सदिलो समयलाई अवसरका रुपमा बदल्न सक्नुपर्ने धारणा राख्छन् । ठूलो समूहमा बसेर काम गर्न सक्ने अवस्था नरहेको समयमा प्रि–प्रोडक्सनमा रहेका चलचित्रलाई थप राम्रो बनाउने अवसरका रुपमा लिन सक्नुपर्नेमा उनको जोड छ । 

“महामारी फैलिनु राम्रो होइन । तर पनि त्यसको असर परिसकेको अवस्थामा यसका कारण उपलब्ध समयलाई स्क्रिप्ट लेखन, प्रि–प्रोडक्सन तथा पोस्ट प्रोडक्सनको काम ढुक्कले गर्नुपर्छ,” प्रदीप भन्छन् “टाइट सेड्युलमा रहेका साथीहरु यो समयले पक्कै पनि फाइदा पुगेको महसुस गरिरहनु भएको होला । रिलिज डेट तयार तोकेर छायाङ्कनमा जाने साथीहरुलाई पक्कै पनि सहज भएको छ ।”

चलचित्र हतारमा नभएर फुर्सदमा गर्ने काम भएको उनी बताउँछन् । नेपालमा चलचित्र राम्रो बनाउन भन्दा पनि प्रदर्शनकै हतार हुने भन्दै लामो समय लिएर निर्माणमा ध्यान दिनुपर्ने उनको धारणा छ । कोरोनाको त्रासलाई नेपाली चलचित्रकर्मीको हतारो प्रवृत्तिलाई रोकेको प्रदीपको बुझाइ छ । 

निर्देशक दीपेन्द्र के खनाल कोरोनाको सन्त्रास फैलिएको यो समय नयाँ स्क्रिप्टका लागि सदुपयोग गर्दैछन् । उनको चलचित्र ‘आमा’ अहिले हलमा छ । अब उनलाई अर्को चलचित्रका लागि नयाँ स्क्रिप्टको खाँचो छ । त्यसैले यो समयमा उनी स्क्रिप्ट लेखनमा केन्द्रित हुँदैछन् । 

“नयाँ स्क्रिप्टका लागि केही स्टोरी लाइन दिमागमा छन् । तीमध्ये केही स्टोरीमा यो फुर्सदको समयमा काम गर्दैछु,” दीपेन्द्र भन्छन्, “स्टोरीमा केही रिसर्च गर्नु छ । त्यसमै काम गर्दैछु ।” 

जसको चलचित्र जहाँ छ, त्यही अवस्थामा मेहनत गर्न उनी सुझाउँछन् । समय भयो भने नयाँ–नयाँ आइडियामा काम गर्न सकिने भन्दै उनी त्यसको भरपूर फाइदा उठाउनु पर्नेमा जोड दिन्छन् । 

“जसको चलचित्र जहाँ छ, त्यहीँ गर्न सकिने सुधार गर्दै जान सकिन्छ,” उनी भन्छन्, “समय भएकै कारण मैले आमाका मेजर सिनमा पछि थुप्रै काम गरेको छु, जसले चलचित्रलाई राम्रो पनि गर्‍यो । समय भएकैले त्यो सम्भव भएको थियो ।” 

चलचित्र निर्देशक विनोद पौडेल कोरोनाका कारण उपलब्ध समयलाई मज्जाले सदुपयोग गरिरहेका छन् । चलचित्रको स्क्रिप्टमा काम गरिरहेका उनले दुइटा अरु नयाँ स्टोरी पनि यही समयमा तयार भएको सुनाए । 

“कलेज गयो, एक्टिङका विद्यार्थीसँग चलचित्र र स्टोरीका विषयमा छलफल गर्‍यो । यही समयमा दुइटा स्टोरी तयार भए,” ओस्कार इन्टरनेसनल कलेजका प्रिन्सिपलसमेत रहेका उनी भन्छन्, “यही समय क्यारेक्टरको रिसर्चको काम पनि भइरहेको छ ।” 

कोरोना भाइरसको त्रासका कारण अधिकांश कार्यक्रम स्थगित भएका छन् । त्यसबाट समय बच्न गएकाले आफ्नो काम गर्न सहज भएको उनी बताउँछन् । 

यही समयको सदुपयोग गरेर केही निर्देशक तथा अभिनयका विद्यार्थीको समूह बनाएर फुटसल र क्रिकेट खेल्ने तथा हाइकिङ जाने पनि उनको तयारी छ । 

कोरोनाले पारेको र पार्न सक्ने असरहरुले सामाजिक सञ्जालका भित्ता भरिएपछि त्यसले दिमागमा नकारात्मकता सिजर्ना गर्ने भन्दै विनोदले फेसबुक पेज डि–एक्टिभ गरेर आफूलाई सिर्जनशीलतातर्फ डो¥याएका बताए । 

नेपालमा अधिकांश निर्देशक तथा निमार्ताहरु अन्तिम समयमा आएर प्रेसरमा काम गर्छन् । तर खगेन्द्र लामिछाने भने टाइट सेड्युल नराखी काम गर्ने चलचित्रकर्मी हुन् । 

अहिले पोस्टको चरणमा रहेका चलचित्रकर्मीका लागि यो समय परीक्षाको घडी भएको उनी बताउँछन् । “हामी प्राय सधैं हतारमा काम गथ्र्यौं । समय नभएकाले चलचित्र राम्रो बनाउन सकेनौं भन्थ्यौं,” खगेन्द्र भन्छन्, “अहिले पोस्टमा रहेका चलचित्रलाई पर्याप्त समय छ, प्रिन्ट निकालेर हलमा हेरेर रिलिज गर्ने समय भएकाले यो हाम्रा लागि परीक्षाको घडी पनि हो ।”

समय हुँदा चलचित्र राम्रो र नराम्रो तथा सुधार गर्नुपर्ने ठाउँ पहिल्याउन केही साथीहरु बसेर हेर्न पनि सकिने भएकाले फुर्सदिलो समयलाई सदुपयोग गर्न सक्नुपर्ने उनको भनाइ छ । 

विश्वभर हजारौंको ज्यान लिइसकेको कोरोना भाइरसबाट नेपालमा अहिलेसम्म मानवीय क्षति भएको छैन । मानवीय क्षति नभए पनि उद्योग, कलकारखाना तथा बजारमा यसको नकारात्मक प्रभाव परेको छ । अन्तर्राष्ट्रिय हवाई सम्पर्क विच्छेद हुँदैछ । 

यसको असर चलचित्रमा परिसकेको छ । चलचित्र घरहरु बन्द छन् । यो समयका लागि डेट लिएका चलचित्रले रिलिज डेट सारिसके । एकाधबाहेक चलचित्र छायाङ्कनमा छैनन् । अधिकांश क्षेत्र ‘लकडाउन’ भइसकेको अवस्थामा नयाँ चलचित्र छायाङ्कनमा जाने स्थिति पटक्कै छैन । यसको असर पछिसम्मै पर्ने चलचित्रकर्मीहरु बताउँछन् । मनोरञ्जन क्षेत्र जनजीवन सहज भएपछि मात्रै सक्रिय हुने भएकाले पनि यसको प्रभाव  लामै समय पर्ने चलचित्रकर्मीहरुको भनाइ छ । 

विश्व चलचित्र उद्योगमा रिलिज डेट सार्नु पर्दा र प्रदर्शनरत् चलचित्र हलबाट उतार्नु पर्दा करिब ७ खर्ब रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ । हलिउडपछि चलचित्रको ठूलो बजार चीनमा यसको असर सबैभन्दा धेरै देखिएको छ । चीनले कोरोनाको महामारीका कारण ७० हजार चलचित्र घर बन्द गरिसकेको छ । चीनसँगै करिब सवा सय देशमा कोरोना फैलिँदा चलचित्र उद्योगले ठूलो क्षति बेहोर्नु परेको छ । चीन सरकारले कलाकार तथा चलचित्रकर्मीलाई महामारीको रोकथाम नभएसम्म छायाङ्कनमा नजान–नगर्न निर्देशन दिएको छ ।

विश्वभरी कोरोनाका कारण ठूलो सङ्ख्यामा चलचित्रको टिकट बिक्रीदर घटिसकेको छ । महामारीका कारण हलिउडका चर्चित निर्माताहरुले आफ्नो चलचित्र निर्माण र रिलिजमा रोक लगाइसकेका छन् । 
कोरोनाका कारण जेम्स बोन्ड सिरिजको ‘नो टाइम टु डाई’ ले ६ महिनाका लागि रिलिज डेट पछि सारेको छ भने अर्को हलिउड चलचित्र ‘मिसन इम्पोसिबल–७’ ले आफ्नो   छायाङ्कन रोकेको छ । 

कोरोनाको प्रकोप अझै बढ्दै जाने हो र अमेरिकी चलचित्र घरहरु बन्द गर्नुपर्ने अवस्था आउने हो भने चलचित्र उद्योगमा सोचेभन्दा ठूलो आर्थिक नोक्सनी बेहोर्नु पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । अमेरिका र क्यानडापछि विश्व चलचित्र उद्योगको ठूलो बजार चीन हो । चीनकै चलचित्र बजार ध्वस्त हुँदा क्षतिको आकार ठूलो हुने हुने निश्चितप्रायः छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ८, २०७६  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC